सुपादेउराली मन्दिरकाे दर्शन गरी हेर्नुस् भदाै ६ गते साेमबारकाे राशिफल

मेष: आजको दिन यस राशिका व्यक्तिहरुको धन सम्बन्धी योजनाहरु सफल हुनेछन् । श्रीमान्–श्रीमतीबीच केही तनाव हुन सक्छ । आम्दानी बढ्न सक्छ। कामको खोजीमा रहेकाहरुको मनोकामना पुरा हुनसक्छ ।

वृष: आफ्नो लक्ष्यलाई ध्यानमा राखेर अगाडि बढ्नुहोस्। कार्यालयमा कुनै पनि विवादमा नपर्नुहोस्। पेट सम्बन्धी समस्या हुन सक्छ, जसका कारण तपाई अलि चिन्तित हुनुहुनेछ। आमाबाबुको सम्मान गर्नुहोस्।

मिथुन: समाजमा मान सम्मान बढ्नेछ। परिवारको कुनै सदस्यको कारणले घरमा तनाव उत्पन्न हुन सक्छ। दाम्पत्य जीवनमा प्रेम बढ्नेछ। स्वास्थ्य राम्रो रहनेछ। धोखाधडीबाट टाढा रहनुहोस्।

कर्कट: यो राशिका व्यक्तिहरूलाई आज कार्यालयमा केही समस्या आउन सक्छ। भावी योजनाहरू विचार गर्नेछ। नराम्रो संगतबाट टाढा रहनुहोस्। यात्राको इच्छा पुरा हुनसक्छ ।

सिंह: आज परिवारमा केही शुभ कार्यको आयोजना हुन सक्छ। अफिसमा आफ्नो कामले सबैलाई प्रभावित पार्नुहुनेछ। परिवारका सदस्यहरूसँग विवाद हुन सक्छ।

कन्या: कार्यालयका सहकर्मीहरूसँग सम्पर्कमा रहनुहोस्। खानपानमा ध्यान दिनुहोला । आँखा सम्बन्धी समस्या आउन सक्छ। आर्थिक लाभ हुन सक्छ। रोकिएका काम सफल हुनेछन् ।

तुला राशिफल : आज यस राशिका व्यापारीहरुले अपेक्षित प्रतिफल नपाउँदा निराश हुन सक्छ । तर आगामी समय राम्रो हुनेछ। प्रेमीकाको जीवनमा केही खटपट आउन सक्छ। पारिवारिक वातावरण सामान्य रहनेछ।

वृश्चिक राशिफलः आज आर्थिक स्थितिमा सुधार आउने हुँदा काममा पनि मन लाग्नेछ। स्वास्थ्य सामान्य रहनेछ। महत्त्वपूर्ण कुरा गुमाउने सम्भावना छ। काममा राम्रो प्रदर्शनले पद-प्रतिष्ठा बढ्नेछ।

धनु: काममा हतार नगर्नुहोस्, नत्र सकिएको काम बिग्रन सक्छ। करियरमा सफलता मिल्नेछ । काम गर्ने व्यक्तिहरूले कार्यालयमा आफ्नो कामको प्रशंसा गर्नेछन्। धन हानि हुन सक्छ।

मकर: आज आफ्नो बुद्धि र विवेकले काम पूरा हुनेछ। मनपर्ने काममा मिहिनेत हुनेछ । पूर्ण ऊर्जाका साथ काम हुनेछ। आत्मविश्वास बढ्नेछ।

कुम्भ: आज यो राशिका व्यक्तिहरूलाई सासु-ससुरा पक्षबाट केही शुभ समाचार मिल्नेछ। रोकिएका कामहरु पूरा हुनेछन् । आम्दानी बढ्नेछ । आर्थिक योजना सफल हुनेछन्।

मीन: प्रेम जीवनमा केही तनाव हुन सक्छ। स्वास्थ्यप्रति सचेत रहनुहोला । कतैबाट अचानक धनलाभ हुनसक्छ । सबैको सल्लाह नलिनुहोस्। पछि पछुताउनु पर्न सक्छ।

Leave a Reply

Your email address will not be published.