गुल्मी क्षेत्र नम्बर २ बाट चुनाव लड्ने रामकुमारी झाँक्रीको घोषणा

गुल्मी। नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्रीले गुल्मी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाको निर्वाचन लड्ने घोषणा गरेकी छन् ।

आज आइतबार जिल्ला सदरमुकाम तम्घासमा पार्टीका अगुवा कार्यकर्ता प्रशिक्षणमा झाँक्रीले गठबन्धनबाट उम्मेदवार बनेर नेकपा एमालेको २५ वर्षदेखिको विरासत तोड्ने हुँकार समेत दिएकी छिन् ।

गुल्मी २ बाट नेकपा एमालेका सचिव समेत रहेका गोकर्ण विष्ट हाल सांसद छन् । झाँक्रीले आफ्नो उम्मेदवारी घोषणा गर्दै गुल्मी–२ मा रहँदै आएको एमालेको बर्चश्व तोड्ने समेत बताएकी छिन् ।

विष्ट र झाँक्री लामो समय एमालेमै थिए । अहिले झाँक्री एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीको सचिव र विष्ट एमालैमै सचिव छन् । विष्टविरुद्ध चुनाव लड्ने घोषणा गरेकी झाँक्रीले नै सो क्षेत्रमा टिकट पाउने कुरा भने निश्चित छैन ।

सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका नेता डा. दामोदर भुसाल पनि सोही क्षेत्रबाट आकांक्षी रहेका कारण बागवण्डामा मात्रै झाँक्रीले टिकट पाउने अनुमान गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published.