बालेनले नगर प्रहरी प्रमुखबाट धनपतिलाई हटाए

काठमाडौं । काठमाडाैं महानगरपालिकाले नगर प्रहरी प्रमुख परिवर्तन गरेको छ । मेयर बालेन्द्र शाह(बालेन)ले नगरप्रहरी प्रमुखबाट प्रहरी उपरीक्षक (एसपी) धनपति सापकोटालाई हटाएर राजु पाण्डेलाई जिम्मेवारी दिएका हुन् ।

काठमाडौं महानगरपालिकामा ५ जना नगरप्रहरी उपरीक्षक(एसपी) छन् । जसमध्ये पाण्डेलाई प्रमुखको जिम्मेवारी प्रदान गरिएको मेयर बालेनको सचिवालयले जानकारी दिएको छ ।

नगरप्रहरी प्रमुख पाण्डेले आफूलाई दिएको जिम्मेवारी कर्तव्यनिष्ठ भएर पालाना गर्ने बताए । ‘म यसअघि पनि नगर प्रहरीकै काम गरिरहेको हो ।

थोरै जिम्मेवारी हेरफेर भएको मात्रै हो । पाएको जिम्मेवारी इमान्दारिताको साथ पुरा गर्छु,’ उनले भने । यसअघि नगर प्रहरी प्रमुख रहेका सापकोटालाई मेयर बालेनले प्रशासनतर्फ खटाएका छन् ।

अण्डरग्राउण्ड पार्किङ क्षेत्रमा सञ्चालित पसल हटाउन शुरू

काठमाडौं महानगरपालिकाले अन्डरग्राउण्ड पार्किङ क्षेत्रमा सञ्चालित पसलहरू हटाउन शुरू गरेको छ ।

सवारी साधनको पार्किङका लागि भनेर अनुमति माग्ने तथा उक्त ठाउँलाई व्यापारिक प्रयोजनमा प्रयोग गरेर आर्थिक लाभ लिइरहेको भन्दै महानगरले त्यस्ता संरचना भत्काउने अभियान नै शुरू गरेको छ ।

यसै क्रममा आज सोमबार नयाँ बानेश्वरस्थित संसद भवनको पश्चिम गेटअगाडि रहेको व्यापारिक भवनका संरचनाहरू महानगरले नै भत्काउन शुरू गरेको छ ।

महानगरले अन्डरग्राउण्ड पार्किङ छोपेर पसल सञ्चालन गरिरहेका बानेश्वर कम्प्लेक्सलगायत त्यस क्षेत्रका व्यापारिक भवनमा पार्किङ खुलाउन मेसिन प्रयोग गरेर स्थायी संरचना भत्काउन थालेको बताएको छ ।

महानगरपालिकाले यसअघि भवनको नक्सा पास गर्दा राखेको अन्डरग्राउण्ड पार्किङलाई अन्य प्रयोजनमा नलगाउन व्यापारीहरूलाई आग्रह गर्दै ३५ दिने सूचना जारी गरेको थियो ।

तर, उक्त सूचनाको म्याद सकिदासम्म पनि सूचनाको बेवास्ता गरी व्यापार सुचारु राखेको भन्दै महानगरका मेयर बालेनद्र साह आफै उपस्थित भएर अन्डरग्राउण्ड पार्किङको अनुगमन तथा भत्काउन शुरू गरिएको हो ।

व्यापारिक भवनहरुले अन्डरग्राउण्ड पार्किङ बन्द गरी व्यवसा चलाउँदा फुटपाथमा पार्किङ गर्ने क्रम बढेसँगै ट्राफिक जामको समस्या समेत निम्तिएको छ ।

यसरी फुटपाथमा पार्किङ गरेर सामान किनमलेल तथा खाजा–खानामा जाने सवारीधनीहरू चर्को ट्राफिक कारबाहीमा समेत पर्दै आएका छन् ।

 

Leave a Reply

Your email address will not be published.