निर्वाचन आयोग समक्ष एमालेले राख्याे यस्ताे प्रस्ताव (सुझावसहित)

काठमाडौं । नेकपा एमालेले आगामी निर्वाचनका लागि मौन अवधि २४ घण्टाको मात्रै बनाउनुपर्ने सुझाव निर्वाचन आयोगलाई दिएको छ ।

निर्वाचन आयोगले प्रस्ताव गरेको निर्वाचन आचारसंहिता, २०७९ माथि आफ्नो सुझावहरू प्रस्तुत गर्दै एमालेले सो प्रस्ताव अगाडि सारेको हो ।

नेकपा एमालेले आचारसंहिताका विभिन्न बुँदामा दफावार संशोधन आवश्यक रहेको भन्दै भन्दै विभिन्न प्रस्ताव आज निर्वाचन आयोगसमक्ष प्रस्तुत गरेको छ ।

चुनाव प्रचारका लागि १० वटासम्म राष्ट्रिय झण्डा प्रयोग गर्न पाइने, विदेशी गाडी बर्जित

निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारहरूले १० वटासम्म राष्ट्रिय झण्डा प्रयोग गर्न तथा विदेशी नम्बर प्लेटका गाडी प्रयोगमा रोक लगाउने भएको छ ।

निर्वाचन आयोगले प्रस्ताव गरेको निर्वाचन आचार संहितामा दल वा उम्मेदवारले बढीमा १० वटा राष्ट्रिय झण्डा प्रयोग गर्न पाउने प्रस्ताव गरिएको छ । यद्यपि, यो प्रस्तावलाई राजनीतिक दलहरूले पनि सहमति दिनुपर्ने छ ।

त्यस्तै आयोगले निर्वाचनमा विदेशी नम्बर प्लेटको सवारी प्रयोग गर्न पनि नदिने भएको छ ।

भारतीय सीमानासँग जोडिएका प्रदेश १, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका जिल्लाको चुनावलाई लक्षित गरी आयोगले यस्तो प्रस्ताव ल्याएको बताएको छ ।

यसअघिका निर्वाचनमा पनि सीमावर्ती जिल्लामा भारतबाट सस्तोमा गाडी भाडामा लिएर चुनावमा प्रयोग हुँदै आएको थियो ।

Leave a Reply

Your email address will not be published.