नेपालमा ५ लाख बढी कोरोनामुक्त, ८ हजार ९८ को मृत्यु

काठमाडौँ। गत २४ घण्टामा थप ६ हजार ५७० जना कोरोमुक्त भएका छन् । यससँगै हालसम्म निको हुनेमा ५ लाख ४ हजार ५३० जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो संख्या ८४.७ प्रतिशत हो ।

गत २४ घण्टामा थप ५ हजार १५३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १२ हजार ६५ पीसीआर र ५ हजार ६११ एन्टिजेन परीक्षण गरिएकोमा ५ हजार १५३ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ५ लाख ९५ हजार ३६४ एक सय जना पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ८२ हजार ७३६ जना रहेको छ ।

त्यस्तै, २४ घण्टामा थप १०८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ९८ जना पुगेको मन्त्रालयले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *