मनकामना मन्दिरकाे दर्शन गरी हेर्नुस् भदाै ८ गते बुधबारकाे राशिफल !

मेष: मेष राशिका विद्यार्थीहरूले प्रतिस्पर्धाको लागि प्रयास गरिरहेका छन् भने सफलता मिल्नेछ। आज तपाईको कामको प्रशंसा हुनेछ। सम्पत्ति सम्बन्धी मामिलामा परिणाम तपाईको पक्षमा आउनेछ।

वृषः पति–पत्नीबीच प्रेम कायम रहनेछ। पदाधिकारीको सहयोग मिल्नेछ । महत्त्वपूर्ण कार्य सम्पन्न गर्न कठिनाइ हुनेछैन। समय राम्राे छ ।

मिथुन : व्यवसायीले आज लाभ लिन सक्नेछन् । आफ्नो बोलीले अरूलाई प्रभावित गर्नुहुनेछ। आम्दानीसँगै मान-सम्मानमा वृद्धि हुनेछ।

कर्कट: आज कार्यस्थलमा उच्च अधिकारीहरूले तपाईंको काममा अवरोध खडा गर्न सक्छन्, तर विवादमा पर्नुको सट्टा कुशलतापूर्वक परिस्थितिलाई सम्हाल्नुहोस्। आर्थिक अवस्था सामान्य रहनेछ ।

सिंह : सिंह राशिका व्यक्तिहरुको मनमा आजको दिन शंकाको अवस्था आउन सक्छ । घरमा साथीको आगमन हुन सक्छ, जसले मन प्रसन्न रहनेछ।

कन्या: जीवनसाथीसँग किनमेल गर्न जान मन लाग्नेछ। अरूले भनेको कुरा सुन्दा धैर्य गर्नुहोस्। स्वास्थ्य र खानपानमा ध्यान दिनुहोला ।

तुला : आज तुला राशि हुनेहरुको खर्च बढ्नाले चिन्ता पनि बढ्न सक्छ । तपाईंका लुकेका शत्रुहरूले काममा अवरोध खडा गर्न सक्छन्।

वृश्चिक: कार्यालयको कामका कारण यात्रा गर्नु पर्ने हुन सक्छ, लाभदायक रहनेछ। आज प्रभावशाली व्यक्तिसँग भेटघाट हुने सम्भावना छ । धन लाभ हुन सक्छ।

धनु : आज यस राशिका विद्यार्थीहरूले सरकारी क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूलाई आर्थिक लाभ मिल्नेछ। काममा सचेत रहनुहोस्।

मकर: आज आत्मविश्वासले भरिपूर्ण रहनेछ। सफलता बढ्नेछ। यस दिन सबै काममा सफलता मिल्नेछ र मनको इच्छा पनि पूरा हुनेछ। दाम्पत्य जीवनमा मधुरता रहनेछ।

कुम्भ: आज तपाई ऊर्जावान महसुस गर्नुहुनेछ। अभिभावकको सहयोग मिल्नेछ । कार्यस्थलमा नयाँ परियोजनामा ​​काम गर्ने मौका मिल्नेछ। रमाइलो गतिविधिमा संलग्न हुन सकिनेछ ।

मीन: आज तपाई आफ्ना साथीहरूको लागि पैसा खर्च गर्नुहुनेछ। पारिवारिक वातावरण रमाइलो रहनेछ तर तपाईंको कठोर व्यवहारले घरमा तनाव सिर्जना गर्न सक्छ।

Leave a Reply

Your email address will not be published.