निर्वाचनका लागि पर्यवेक्षण संस्था आह्वान

काठमाडौं । नर्वाचन आयोगले आउँदो प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न इच्छुक राष्ट्रिय संस्थालाई आवेदन दिन आह्वान गरेको छ । आयोगले यसअघि पर्यवेक्षणका लागि अन्तर्राष्ट्रिय संस्थालाई आग्रह गरिसकेको छ ।

आयोगले आज जारी गरेको सूचनामा १५ दिनभित्र कामगजातसहित सूचना प्रणालीबाट आवेदन दिन आह्वान गरेको हो । यसअघिको निर्वाचनमा पर्यवेक्षणमा सहभागी संस्थाले सोको प्रतिवेदन नबुझाए

पर्यवेक्षणमा भाग लिन नपाइने आयोगले जनाएको छ । आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि नयाँ र पुराना गरी ८४ दलले दर्ताका लागि निवेदन दिएका छन् ।

सरिता गिरीले छोडिन् सद्भावना पार्टी 

सरिता गिरीले एक महिनामै सद्भावना पार्टी छाेडेकी छन् । साउन ७ गते पार्टी प्रवेश गरेकी गिरीले एक महिनामै पार्टी छोडेको जानकारी दिएकी हुन् ।

उनले आज फेसबुकमार्फत आफूले सो पार्टी छाडेको र आजदेखि स्वतन्त्र भएको बताएकी छन् ।

उनले भनेकी छिन्, ‘म दिवंगत माननीय प्रदीपजीको राजनीतिक र सामाजिक रूपान्तरणको एजेन्डालाई अगाडी बढाउनका लागि उहाँको अन्तिम इच्छा अनुसार आफू नेपाल सद्भावना पार्टीबाट स्वतन्त्र भएको घोषणा गर्दछु । नेपाल सद्भावना पार्टीलाई मेरो सदैव सद्भावना रहने छ । कठिन समयमा गरिएको यो अत्यन्त कठिन निर्णय हो ।’

 

Leave a Reply

Your email address will not be published.