कहिले आउँछ स्थायी शिक्षकको नतिजा ? यस्तो छ शिक्षक सेवा आयोगको तयारी !

काठमाडौँ । शिक्षक सेवा आयोगले तीनै तहको स्थायी शिक्षकको नतिजा आगामी असोज महिनाभित्र सार्वजनिक गर्ने गरी तयारी गरिएको जनाएको छ ।

आयोगले गत असार ९ देखि १३ गतेसम्म सञ्चालन गरेको प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहको स्थायी शिक्षकको लिखित परीक्षाको उत्तरपुस्तिका देशका सातै प्रदेशबाट संकलन गरेर परीक्षण कार्य गरिरहेको हुँदा सो कार्य सकिए लगत्तै नतिजा प्रकाशित गर्ने तयारी छ।

आयोग स्रोतका अनुसार उत्तरपुस्तिका संकलन गरेर कोडिङको सबै काम सकेर उत्तरपुस्तिका परीक्षण भइरहेको छ । ‘आयोगले सातवटै प्रदेशबाट उत्तरपुस्तिका संकलन गरेर परीक्षण गरिरहेको छ’, स्रोतले भन्यो, ‘हामीले असोजसम्म उत्तरपुस्तिका परीक्षण सकेर असोजमै नतिजा सार्वजनिक गर्ने तयारी गरिरहेका छौँ ।’

स्थायी शिक्षकको पदपूर्तिका लागि विज्ञापन खोल्दै आयोग (कार्यतालिकासहित)

शिक्षक सेवा आयोगले चालु आर्थिक वर्ष २०७९/०८० को पदपूर्तिसम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । सार्वजनिक कार्यतालिका अनुसार स्थायी शिक्षकको पदपूर्तिका लागि आगामी फागुनभित्रमा विज्ञापन गरिसक्नेछ ।

वैशाखभित्रमा प्रथम चरणको परीक्षा गरिसक्ने कार्ययोजना आयोगको छ । आयोगले माध्यमिक तृतीय तहको विज्ञापन पुसभित्रमा निकाल्नेछ ।

त्यस्तै निम्न माध्यमिक तहको विज्ञापनका लागि सूचना माघभित्रमा निकाल्नेछ । भने प्राथमिक तहका लागि फागुनभित्रमा विज्ञापन आह्वान गर्नेछ ।

माध्यमिक तहको सामान्य परीक्षा फागुनमा, निम्न माध्यमिक तहको चैतमा र प्राथमिक तहको परीक्षा वैशाखभित्रमा गरिसक्ने कार्यतालिका छ ।

सामान्य परीक्षा वैशाखभित्रमा गरिसक्ने भनेपनि त्यसको नतिजाका विषयमा भने आयोगले कार्यतालिकामा केही उल्लेख गरेको छैन ।

Leave a Reply

Your email address will not be published.