जग्गेमै काेशेली नागरिकता दिने गठबन्धनको योजना, एमालेले राेक्न सक्ला ?

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा विवाहको जग्गेमा नै वैवाहिक अंगीकृत नागरिकता दिन नहुने बताएका छन् ।

मंगलबार पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले नागरिकता दिँदा विवाह टिक्छ कि टिक्दैन भनेर हेर्नुपर्ने बताए ।

“वैवाहिक अंगीकृतले आवश्यक समय पूरा गरेपछि नागरिकता प्राप्त गर्छ । त्यो पाउने वित्तिकै जग्गेमा त दिने होइनन् । अलिक समय हेर्ने पर्‍यो त्यो साँच्चै हो कि होइन, विवाह टिक्छ कि टिक्दैन,” ओलीले भने, “केका लागि ? नेपालमा विवाह गरिसकेपछि अंशमा अधिकार हुन्छ । अंश पाउन मात्रै विवाह गरेको छ कि ? यस्तो कुराहरू हेर्नुपर्छ ।”

ओलीले आफू प्रधानमन्त्री भएका बेला एउटै पार्टीमा हुँदा तत्कालीन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयक रोकेको रोक्यै गरेको बताए । अहिले छलफल गर्न नदिई अघि बढेको बताए ।

उनले नेपाली नागरिक र उनका सन्तानले नागरिकताबाट बञ्चित हुन नहुने बताए । नागरिकताको समस्या सही ढंगले समस्या समाधान गर्ने एमालेबाहेक अरू कोही नभएको दाबी गरे । अरूले नागरिकताका नाममा मधेसमा राजनीति मात्रै गर्ने गरेको ओलीको आरोप छ ।

नागरिकता विधेयकबारे गलत ढङ्गले प्रचार गरियो : अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयकबारे गलत ढङ्गले प्रचार गरिएको बताउनुभएको छ । यहाँ आज पत्रकारहरूसँग कुरा गर्दै उहाँले नागरिकता विधेयकलाई गलत ढङ्गले र गलत उद्देश्यका निम्ति प्रचार गरिएको बताउनुभयो ।

नागरिकता विधेयक अहिले राष्ट्रियसभामा रहेको र त्यहाँबाट पारित भएपछि राष्ट्रपतिकहाँ जाने उल्लेख गर्दै अध्यक्ष दाहालले भन्नुभयो, “अहिलेको विधेयकमा आमाबावु दुवै नेपाली नागरिक भएकाको छोराछोरीले नागरिकता पाउने कुरा मात्रै हो ।”

झण्डै छ÷सात लाख नेपाली आमाबावु दुवै नेपाली हुँदाहुँदै पनि नागरिकताबाट बञ्चित रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “आमाबाबु दुवै नेपाली छन्, तिनका छोराछोरीले नागरिकता नपाएर अवसरबाट बञ्चित छन् । त्यो स्थिति अन्त्य गर्ने यो विधयेक हो ।”

Leave a Reply

Your email address will not be published.