बालेनकाे ‘नायक स्टाइल’, डाेजर चलाउँदै दरबारमार्ग पुगे …

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन) दरबारमार्ग पुगेका छन् । महानगरपालिकाले बुधबार बिहानैबाट महानगरपालिका भित्रका मुख्य व्यापारिक क्षेत्रमा नक्सापासविना बनाइएका संरचनामा डोजर लगाइरहेको छ । सोही क्रममा मेयर बालेन दरबारमार्ग पुगेका हुन् ।

दरबारमार्ग क्षेत्रमा सडकमै दुई लाइनसम्म पार्किङ गरिंदा सडकमा बाक्लो जाम हुने गरेको छ । दरबारमार्गमा पुगेका मेयर बालेनले बुधबार र बिहीबारसम्म सामान हटाउन व्यापारीहरुलाई निर्देशन दिएका छन् ।

यसअघि काठमाडौं महानगरपालिकाले न्युरोडस्थित आरबी कम्प्लेक्स र रञ्जना गल्लीभित्र बनेका अनधिकृत संरचना बुधबार भत्काएको छ ।

३५ दिने ‘अल्टिमेटम’पछि पनि संरचना हटाउन अटेर गरिएको भन्दै महानगरले डोजर चलाएर भत्काएको हो ।

पार्किङ प्रयोजनमा ल्याउने भनी नक्सापास गरिएका संरचनालाई व्यापारिक प्रयोजनमा ल्याइएको स्थानका पसल, टहरा भत्काउन सुरु गरेको नगर प्रहरी बलका प्रमुख एवं एसपी राजुनाथ पाण्डेले बताए ।

आजै बिहान सुन्धारास्थित काठमाडौं मलमा बनाइएका अनधिकृत संरचना भत्काउन पनि डोजर चलाइएको थियो । अहिले न्युरोड क्षेत्रमा अनधिकृत रूपमा बनाइएका संरचना भत्काउने कार्य भइरहेको उनले बताए ।

महानगरका मेयर बालेन्द्र शाह (बालेन) र काठमाडौं उपत्यका प्रहरी कार्यालयकी प्रमुख एवं डीआइजी मीरा चौधरीसहितको टोलीको उपस्थितमा त्यस्ता संरचना भत्काइँदै छ ।

 

Leave a Reply

Your email address will not be published.