अल्फाबिटामा डोजर हानेर तीज मान्न हिँडे बालेन, दर खाएर नाचे छमछमी !

काठमाडौं । काठमाडौंका मेयर बालेन शाहले आज बिहीबार दिनभर काठमाडौंको बानेश्वर शंखमुल आसपासका मापदन्डविपरीतका संरचना खाली गराउँदै, भत्काउँदै हिँडे । साँझ आफ्नै आयोजनामा महानगरपालिकाका कर्मचारीलाई दर खुवाउन अघि सरे ।

उपमेयर सुनीता डंगोलसहित पुगेका बालेनले महानगरका कर्मचारी महिलाहरुसँग तीजको रहर आयो बरिलै जस्ता गीतहरुमा नाचे । उपमेयर सुनीता भने थपडी बजाउँदै बसे पनि नाच्न भने अन्कनाइन् ।

मेयर साह कार्यक्रममा बिन्दास मुडमा पेश भए । काठमाडौंका विभिन्न स्थानमा बनेका अवैध संरचना भत्काउँदै हिँडेका उनी तिज कार्यक्रममा भने तनावमुक्त देखिन्थे ।

अल्फाबिटामा बालेनको एक्सनपछि डराए व्यवसायी, सूचना राख्दै पार्किङ खाली गर्न थाले

काठमाडौं उपत्यकामा पार्किङको लागि भनेर नक्सा पास गरेका तर अन्य प्रयोजनमा प्रयोग भएका भवनहरुले पार्किङ निर्माण गर्न लागेको सूचना टाँस गर्न थालेका छन् ।

आज काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) ले नयाँ बानेश्वमा रहेको अल्फाबिटाको अस्थाइ संरचना आफै बसेर भत्काएका थिए ।

अहिले काठमाडौंको बानेश्वरमा रहेको युएफओ भएको भवनले काठमाडौं महानगरको सूचनालाई अनुसरण गर्दै अण्डरग्राउण्ड पार्किङ मर्मत भइरहेको बताएको छ । सो भवनमा मन्जुश्री फाईनान्स र एनसीसी बैंक रहेको छ ।

‘महानगरको सूचनालाई अनुसरण गर्दै अण्डर ग्राउन पार्किङ मर्मत भहिरहेको छ,’ सूचनामा उल्लेख छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) अवैधरुपमा बनेका संरचनाहरु हटाउन एक्सनमा उत्रिएका छन् । महानगरभित्रका व्यापारिक भवनमा आफैं पुगेर उनले एक्सन लिन थालेपछि सामाजिक सञ्जालमा निकै सह्राहना भइरहेको छ ।

 

Leave a Reply

Your email address will not be published.