धरानमा विरुवा राेप्दै प्रचण्डले गरे हर्क साम्पाङकाे तारिफ

धरान । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धरान उपमहानरका मेयर हर्क साम्पाङले सुरु गरेको वृक्षारोपण कार्यक्रममा सहभागिता जनाएका छन् । उनले वरिष्ठ कलाकार जेबी टुहुरेको स्मृतिमा धरानमा विरुवा रोपेको बताए ।

विरुवारोपण कार्यक्रममा संक्षिप्त प्रतिक्रिया जनाउँदै प्रचण्डले कम्युनिष्टहरुले र अझ खासगरी माओवादीले गर्नुपर्ने काम हर्कले गरेको बताए। ‘सिंगै देशले उहाँको कामलाई बडो गम्भीरतापूर्वक हेरेको छ,’ प्रचण्डले भने, ‘हामी कम्युनिष्टहरुले र अझ खासगरि माओवादीले गर्नु पर्ने काम उहाँले गरिराख्नु भएको छ।’

उनले आफ्ना पार्टीका नेता, कार्यकर्तालाई हर्कको कामबाट प्रेरणा लिन समेत आग्रह गरे। विरुवारोपण कार्यक्रममा धरानका मेयर हर्क, उपमेयर अइन्द्र बिक्रम बेघा लगायतको सहभागिता थियो ।

काठमाडौंका ३२ वडामै भूमिगत पार्किङको अनुगमन हुने

काठमाडौं महानगरपालिकाले भूमिगत पार्किङमा अवैध रुपमा चलिरहेका पसलहरुको अनुगमन गर्ने जिम्मा वडा कार्यालयहरुलाई दिएको छ । वडा कार्यालयहरुले अनुगमन गरेर रिपोर्ट दिने र हटाउनका लागि सूचित समेत गर्ने गरी महानरले योजना बनाएको हो ।

अहिले काठमाडौंको सीमित क्षेत्रमा मात्रै चलिरहेको यस्तो अभियानलाई ३२ वटै वडासम्म विस्तार गर्ने गरी अनुगमन थाल्न महानगरका मेयर बालेन साहले वडाध्यक्षहरुलाई भनेका छन् ।

महानगरका एक अधिकारीका अनुसार वडा कार्यालयले दिएको रिपोर्टअनुसार अवैध संरचना र भूमिगत पार्किङमा चलेका पसलहरु हटाउने महानगरको तयारी छ ।

‘काठमाडौंमा करिब २८६ वटा भूमिगत पार्किङका लागि नम्सा पास भएका भवनहरु छन्,’ ती महानगरका एक अधिकारीले भने,’ती भवनहरुबारे वडाले अवस्था हरेर विवरण संकलन गर्ने र त्यसअनुसार कारवाही गर्ने गरी निर्देशन भएको छ ।’

Leave a Reply

Your email address will not be published.