तीजकाे दिन महादेवकाे दर्शन गरी हेर्नुस् आजकाे राशिफल

मेष: आज भाग्यले साथ दिनेछ। लामो समयदेखि रोकिएका काम सम्पन्न हुनेछन् । यस राशिका विद्यार्थी जो प्रतिस्पर्धाको लागि प्रयासरत छन्, मेहनतको बलमा अगाडी बढिरहन्छन्, अवश्य सफलता मिल्नेछ ।

वृष: यो राशिका लागि आजको दिन राम्रो छ। आज सबै काम इच्छा अनुसार पूरा हुनेछन्। दाम्पत्य जीवन सुखमय रहनेछ। नयाँ व्यापारमा पैसा लगानी गर्ने सोच आउन सक्छ।

मिथुन: आत्मविश्वासले भरिपूर्ण रहनेछ। धनको लागि गरेको प्रयासले सकारात्मक परिणाम दिनेछ। राजनीतिक तथा सामाजिक क्षेत्रसँग आवद्ध व्यक्तिहरूले सभामा भाग लिने अवसर प्राप्त हुनेछ।

कर्कट राशिफल: काम गर्ने सोचमा रहेकाहरूका लागि पहिल्यै योजना बनाउँदा राम्रो हुनेछ। व्यापारीलाई फाइदा हुनेछ । स्वास्थ्यको ख्याल गर्नु होला अध्ययनका क्षेत्रमा नयाँ अवसर मिल्नेछ ।

सिंह: आज खर्चमा नियन्त्रण राख्नुहोस्। आफन्तबाट उपहार प्राप्त हुन सक्छ जुन देखेर धेरै खुसी हुनेछन्। साथीलाई भेट्न सकिनेछ ।

कन्या: रोजगारीको खोजीमा हुनुहुन्छ भने केही शुभ समाचार प्राप्त हुन सक्छ। रोजगारी भएकाले पदोन्नति पाउनेछन् । व्यापारमा लाभ हुनसक्छ ।

तुला: आज काम बढी हुनेछ। साथीभाइबाट केही लाभ मिल्नेछ । नयाँ साझेदारीमा सामेल हुने सम्भावना छ। भौतिक सुखसुविधामा खर्च हुनेछ ।

वृश्चिक : वृश्चिक राशिका विद्यार्थी तथा जागिर गर्नेहरुका लागि आजको दिन शुभ रहनेछ । घरमा शुभ कार्यक्रम हुनसक्छ । आम्दानीमा कमी आउने संकेत देखिन्छ ।

धनु: आज स्वास्थ्यको ख्याल गर्नुहोला। धैर्यतापूर्वक काम हुनेछ। साथीभाइको सहयोग मिल्नेछ । मनमा असन्तुष्टिको भावना उत्पन्न हुन सक्छ। अनियोजित खर्च बढ्न सक्छ।

मकर: आज तपाईको मन अनुसार काम पुरा हुनेछन्। प्रतिद्वन्द्वीलाई परास्त गर्न सकिनेछ । ब्यापार बृद्धि सम्भव छ । खर्च नियन्त्रणमा रहनेछ । नयाँ काम गर्नको लागि दिन अनुकूल छ।

कुम्भ: आर्थिक लाभ हुनेछ। जागिरमा पदोन्नति पाउन सकिनेछ । भावनाहरूलाई नियन्त्रणमा राख्नुहोस्। परिवारमा धार्मिक कार्य हुनसक्छ। भौतिक समृद्धि हुनेछ।

मीन: आफ्नो गिलेसिक्वेलाई बिर्सेर पुरानो साथीसँग अगाडि बढ्नुहोस्। विद्यार्थीहरू आफ्नो करियरमा व्यस्त हुनुपर्छ। योजना बनाउनुभयो र कार्य सम्पादन गर्नुभयो भने अवश्य प्रगति हुनेछ ।

 

Leave a Reply

Your email address will not be published.