रेखा थापा मोरङ–३ बाट चुनाव लड्दै

काठमाडौं। अभिनेत्री रेखा थापा आउँदो प्रतिनिधिसभा निर्वाचनमा मोरङ–३ बाट चुनाव लड्ने भएकी छिन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले यो क्षेत्रबाट उनको नाम सिफारिश गरेको हो। मोरङ–३ मा यसअघि एमाले नेता भानुभक्त ढकालले जितेका थिए।

उपेन्द्र यादवका लागि पुनः नयाँ संसदीय क्षेत्र

मोरङबाट राजनीतिको सुरुवात गरेका जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव सुनसरी र सप्तरी हुँदै बाराबाट राजनीतिको नयाँ अध्याय सुरु गर्ने अभियानमा छन्।

उनलाई बारा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाको उम्मेदवार बनाउन जिल्ला कमिटीले सिफारिस गरेको छ। यादवसँगै यो क्षेत्रबाट रामसहायप्रसाद यादव र प्रयाग राय वदको नाम सिफारिस भएको छ। यसअघिको निर्वाचनमा रामसहाय निर्वाचित भएका थिए।

पार्टी अध्यक्ष यादव गत निर्वाचनमा सप्तरी–२ बाट निर्वाचित भएका थिए। सप्तरीबाट यसपालि उनलाई सिके राउतले टक्कर दिँदै छन्। यादव अहिलेसम्मको संसदीय निर्वाचनमा एउटै क्षेत्रबाट उठेका छैनन्।

Leave a Reply

Your email address will not be published.