काठमाडाैं । नेपालले केन्या विरुद्धको टी–२० श्रृङ्खला ३–२ ले जितेको छ। नैरोवी जिमखानामा भदौ १४ गते भएको अन्तिम तथा पाँर्चौ दिन केन्यालाई ३१ रनले पराजित गरेपछि श्रृखंला नेपालले आफ्नो पक्षमा पारेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा सात विकेट गुमाएर १७५ रन बनाएको थियो। नेपालका लागि ज्ञानेन्द्र मल्लले ५९ रन, रोहितकुमार पौडेलले ४७ र अर्जुन साउद २९, र दीपेन्द्रसिंह ऐरीले २२ रन बनाएका थिए।
नेपालका लागि सर्वाधिक रन जोडेका ज्ञानेन्द्र मल्लले प्लेयर अफ दिन म्याच भए। १७६ रनको लक्ष्य पछ्याएको केन्याले सबै ओभर खेलेर ७ विकेट गुमाउँदै १४४ रन जोड्यो।
टीम नेपालका कप्तान सन्दिप लामिछाने र बसिर अहमदले दुई–दुई विकेट लिए। करण केसी, दिपेन्द्र सिं ऐरी र आदिल आलमले एक–एक विकेट लिए।
कप्तान लामिछाने म्यान अफ दिन सिरिज भए। सेप्टेम्बर २ देखि नेपाल र केन्याबीच वान डे श्रृखंला शुरु हुनेछ।