तीजपछि सस्तियो सुनचाँदीकाे भाउ, ताेलाकाे कति ?

काठमाडाैं । तीजपछि सुनचाँदीको भाउ सस्तिएको छ । भदाै १५ गते, बुधबार सुन तोलामा ८०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेको छ ।

छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएकाे छ ।

तीजको दिन भने सुनको भाउ महंगिएको थियो । हिजो सुन तोलामा ३०० रुपैयाँले बढेर प्रतितोला ९४ हजार ८०० रुपैयाँ पुगेको थियो ।

बुधबार चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घट्दा प्रतितोला एक हजार १३० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन, चाँदीको मूल्य स्थिर रहेको महासंघले जनाएको छ । हिजो चाँदी प्रतितोला एक हजार १४५ रुपैयाँ कायम रहेको थियाे।

श्रृजनशील लघुवित्तको आईपीओ बिक्री खुला

श्रृजनशील लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गरेको छ । कम्पनीले आज (भदौ १५ गते) बुधबार देखि सर्वसाधारणको लागि आईपीओ निष्काशन गरेको हो ।

लघुवित्तले जारी पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँको ३६ प्रतिशतले हुन आउने ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता शेयर निष्काशनमा ल्याएको छ ।

त्यसमध्ये ०.५ प्रतिशत आर्थत ५ हजार ४७० कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात १९ हजार ६९० कित्ता शेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकि रहने ३ लाख ६८ हजार ५९० कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

लघुवित्तको अधिकृत पूँजी २० करोड रुपैयाँ, जारी पूँजी १० करोड ९३ लाख रुपैयाँ ७५ हजार र चुक्ता पूँजी ७ करोड रुपैयाँ रहेको छ । आईपीओ निष्काशन पश्चात लघुवित्तको चुक्ता पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ पुग्नेछ ।

लघुवित्तको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि त्यसभन्दा बढीको लागि १० अंकले भाग जाने संख्यामा अधिकतम १ हजार कित्ता अर्थात १० हजार रुपैयाँ सम्मको लागि आवेदन दिन सकिनेछ ।

नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो शेयरको वेब तथा एप मार्फत पनि कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछ ।

लघुवित्तको आईपीओमा भदौ १५ गते देखि भदौ १९ गते बैकिङ्ग समयसम्ममा आवेदन दिन सकिनेछ । त्यस अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे भदौ २९ गतेसम्म म्याद थप हुनेछ ।

लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ भने बिओके क्यापिटलले लिमिटेड रहेको छ ।

Leave a Reply

Your email address will not be published.