गगन थापा कहाँबाट चुनाव लड्छन् ? कास्की १ कि काठमाडाैं ४ ?

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं ४ बाटै प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार हुने बताएका छन्।

कांग्रेस कार्यकर्ताले कास्की १ बाट उम्मेदवार बनाउन महामन्त्री थापाका नामबाट निवेदन दिएका थिए। त्यसका लागि थापाले धन्यवाद भनेका छन्।

उनले सामाजिक सञ्जाल मार्फतबाट भनेका छन्, “कास्की क्षेत्र नंं. १ मा पार्टीका साथीहरूले स्नेहपूर्वक चाहना राखेर प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि मेरो पनि नाम प्रस्तुत गर्नुभएकोमा त्यो सद्‌भावका लागि धन्यवाद!”

महामन्त्री थापाले आगामी चुनावमा पनि काठमाडौं ४ बाटै उम्मेदवार बन्ने बताएका छन्। थापाले भनेका छन्, “मैले काठमाडौँ क्षेत्र नं. ४ बाट नै मेरो उम्मेदवारीको तयारी गरिरहेको छु र स्वाभाविक रूपमा म उम्मेदवार हुने यहीँबाट हो।”

उनी २०७४ सालको प्रतिनिधि सभा सदस्यको चुनावमा काठमाडौं ४ बाटै निर्वाचित भएका थिए। उनले २१ हजार ५५८ मत पाएका थिए। उनका प्रतिस्पर्धी नेकपा (एमाले)का राजन भट्टराईले १८ हजार १४० मत पाएका थिए।

Leave a Reply

Your email address will not be published.