निर्वाचनका लागि काठमाडौंका १० वटै क्षेत्रमा एमालेको उम्मेदवार सिफारिस, को-को परे ?

काठमाडैं। नेकपा एमालेले काठमाडौंको १० वटै क्षेत्रमा उम्मेदवार सिफारिस गरेको छ । जसमध्ये तीनवटा क्षेत्रबाट एक–एक जनामात्रै उम्मेदवार सिफारिस भएका छन् ।

एमालेको निर्वाचन क्षेत्रस्तरीय समितिले आआफ्नो क्षेत्रबाट उम्मेदवारको नाम जिल्ला कमिटीमा सिफारिस गरेको हो ।

पार्टीको काठमाडौं जिल्ला कमिटीले काठमाडौं क्षेत्र नम्बर १ बाट विदुर मैनाली, रुपनारायण श्रेष्ठ, टीकाराम भट्टराईको नाम सिफारिस गरेको जनाएको छ ।

क्षेत्र नम्बर २ मा मणिराम फुयाँल, ३ मा कृष्ण राईको नाम सिफारिस भएको छ ।

काठमाडौं ४ मा राजन भट्टराई र निर्मल कुँइकेल, ५ मा ईश्वर पोखरेल, ६ मा कल्पना रिजाल, योगेन्द्र संग्रौला, लेखनाथ फुँयाल, प्रेमराज सिलवाल, माता प्रताप थापा, मीना थापा र हरिशरण तिमल्सिनाको नाम सिफारिस भएको छ ।

सिट बाँडफाँडमा गठबन्धनबीच जुटेन सहमति

सत्तारुढ गठबन्धन दलहरुको बैठक आज पनि निष्कर्षविहीन बनेको छ । सिट बाँड्न बनाइएको कार्यदल बैठकले ठोस निष्कर्ष निकाल्न नसकेपछि आज बसेको दलका शीर्ष नेताहरुको बैठकमा सिट बाँडफाँटबारे ठोस सहमति बन्न नसकेको हो ।

आज साँझ बसेको बैठकमा पनि दलहरुबीच आगामी निर्वाचनका लागि सिट बाँटफाँटको विषयमा सहमति नजिक पुगेको ज्ञानेन्द्र कार्कीले बैठकपछि कुरा गर्दै सञ्चारकर्मीहरुसँग दाबी गरेका छन् ।

कार्कीले भोलि बिहान ११ बजे बस्ने गठबन्धनको बैठक सिट बाँडफाँटबारे एउटा ठोस निष्कर्ष दिने बताए । उनले सबै मोडालिटीअनुसार निर्णय गरिने बताए ।

Leave a Reply

Your email address will not be published.