डिजेल र मट्टितेलको मूल्य ६ रूपैयाँले बढ्यो

काठमाडाैं । सेप्टेम्बर १ मा आईओसीबाट मूल्य बढेर आएपछि नेपाल आयल निगममले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ । यसअघि तीनपटकसम्म मूल्य घटेर आउँदा पनि मूल्य समायोजन भएको थिएन।

बिहीबार राति १२ बजेदेखि लागू हुने गरी निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँले वृद्धि गरेको छ ।

जसअनुसार अब एक लिटर डिजेल र मट्टितेलको मूल्य १७८ रुपैयाँ पर्नेछ । निगमले पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत राखेको छ ।

Leave a Reply

Your email address will not be published.