नेपाल मगर संघ, गुल्मी-काठमाडौं सम्पर्क समितिको अध्यक्षमा पुनः युव मगर सर्वसम्मत

काठमाडौं । नेपाल मगर संघ, गुल्मी-काठमाडौं सम्पर्क समितिको अध्यक्षमा पुनः युव गाहा मगर चयन भएका छन् । शनिबार मगर मूलघर कलङ्कीमा सम्पन्न समितिको चौथो अधिवेशनले गाहालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

१३ सदस्यीय नवगठित समितिको उपाध्यक्षमा ओम सूर्यवंशी, सचिवमा लिल बहादुर रानामगर, सहसचिवमा सरस्वती थापा मगर र कोषाध्यक्षमा आशा थापा तथा सहकोषाध्यक्षमा राम थापा मगर चयन भएका छन् । अन्य सदस्यहरूमा शोभा थापा मगर, सुदिप सिन्जाली मगर, गोपिराम राहडी मगर, रेनु थापा मगर, तेज बहादुर ढेगा मगर, भिम बहादुर बुडा मगर, प्रसाद खप्तरी मगर रहेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल मगर संघका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुन मगरले गुल्मेली मगरहरुको एकता, सद्भाव र मगर समुदायका लागि समितिलाई अझ बृहत्तर बनाएर लैजानु पर्नेमा जोड दिए ।

गुल्मेली मगरहरु मगर संघ, मगर महिलासंघ, लगायत मगर सम्बद्ध संघ संस्थाको पदाधिकारीमा निर्वाचित भएको भन्दै सम्पर्क समितिलाई थप क्रियाशील बनाउन सबैले आआफ्नो क्षेत्रबाट लाग्नुपर्ने बताए ।

‘काठमाडौंमा बस्ने गुल्मेली मगरहरु मगर संघ मात्र होइन अन्य सरकारी गैरसरकारी संघ संस्थाका उच्च ओहदामा पुगेका छन् । उनीहरुलाई पनि संघका कसरी हुन्छ समेट्नुपर्छ,’

अध्यक्ष पुनले भने, गुल्मीका सबै स्थानीय तहको प्रतिनिधित्व हुने गरी समितिलाई अगाडि बढाउनुपर्छ । समितिलाई चलायमान बनाउन आवस्यक सहयोग सबैले गर्नुपर्छ, यो हाम्रो दायित्व हो,’ ।

त्यस्तै कार्यक्रममा नेपाल मगर संघ, सम्पर्क समन्वय केन्द्रीय समितिका महासचिव झविन्द्र पुन मगरले कोरोना महामारी लगायतका समस्याका कारण क्रियाशील हुन नसकेपनि आगामी कार्यकालमा थप शसक्त ढङ्गले लाग्नु पर्ने बताए ।

कार्यक्रममा मगर महिला संघ केन्द्रीय बरिष्ठ उपाध्यक्ष धनकुमारी राना मगरले समितिमा मगर महिलाहरुलाई पनि उल्लेख्यमा मात्रामा समेटेर लैजान सुझाव दिनुभयो ।

नव निर्वाचित अध्यक्ष गाहाले सम्पर्क समितिलाई थप सुदृढ बनाउन गुल्मीका १२ वटै स्थानीय तहको प्रतिनिधित्व हुने गरी आगामी कार्र्यकालमा काम गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा मगर समुदायको पहिचान, हक अधिकार र सामाजिक, सांस्कृतिक उन्नयनमा लागेका ६ जना गुल्मेली मगरहरुलाई सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.