राजेन्द्र लिङ्देनले सांसद पदबाट दिए राजीनामा

काठमाडौं। राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।

प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा विशेष समय लिएर आफ्नो धारणा व्यक्त गर्दै लिङ्देनले पदबाट राजीनामा दिएका हुन् ।

आगामी मंसिर ४ गतेका लागि निर्वाचन घोषणापछि पनि संसद चलाइराख्नु उपयुक्त नहुने भन्दै उनले राजीनामा दिएका हुन् । साथै उनले आफ्नो तलब र भत्ता पनि रोकिदिन माग गरेका छन् ।

एमालेका महासचिव पोखरेल दाङ–२ बाट सर्वसम्मत सिफारिस

नेकपा एमालेका महासचिव एवम् दुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोखरेललाई आगामी प्रतिनिधिसभा निर्वाचनका लागि दाङ क्षेत्र नम्वर २ बाट उम्मेदवार सिफारिस गरिएको छ ।

सम्बन्धित क्षेत्रीय समितिले पोखरेलेको नाम सर्वसम्मत उम्मेदवारका रुपमा सिफारिस गरेको हो । पोखरेल २०७४ को निर्वाचनमा प्रदेशसभा सदस्यका लागि क्षेत्रनम्वर २ (क) बाट निर्वाचित भएका थिए ।

Leave a Reply

Your email address will not be published.