अछाम-१ बाट भीम रावल प्रतिनिधि सभाको उम्मेदवार सिफारिस

काठमाडाैं । नेकपा एमालेका नेता भीम रावल अछाम क्षेत्र नं १ बाट प्रतिनिधि सभा निर्वाचनका लागि सिफारिस भएका छन्। एमाले अछामले क्षेत्र नं १ बाट रावलको मात्रै नाम सिफारिस गरेको हो।

रावल २०७४ को निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए। उनी २०५१ र २०७० को निर्वाचनमा निर्वाचित भएका थिए। २०६४ को संविधानसभामा भने उनी समानुपातिक तर्फबाट सांसद बनेका थिए।

दसौं महाधिवशेनमा एमाले अध्यक्षमा पराजित भएका रावल पार्टीको कुनै पनि जिम्मेवारीमा छैनन्। उनले पार्टीको सल्लहाकार पद स्वीकारेका छैनन्।

महाधिवेशनमा उपाध्यक्ष बस्न ओलीले दिएको निर्देशन नमानी उनी अध्यक्षको चुनाव लडेका थिए। अछाम क्षेत्र नं २ मा एमालेले यज्ञ बोगटीको नाम सिफारिस गरेको छ। दुवै क्षेत्रका उम्मेदवारको नाम सर्वसम्मत रुपमा गरेको एमाले अछामका अध्यक्ष चन्द्र बोहोराले बताए।

एमालेबाट कैलाली ५ मा नारदमुनी राना सिफारिस

नेकपा एमालेबाट कैलाली क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभा निर्वाचनका लागि नारदमुनी राना उम्मेदवारका लागि सिफारिस भएका छन्।

आइतबार बसेको एमाले प्रदेश निर्वाचन समन्वय कमिटीको बैठकले क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा र प्रदेश सभाका आकांक्षी उम्मेदवार सिफारिस गरेको जनाइएको छ।

जसमा प्रतिनिधि सभामा प्रत्यक्षतर्फका लागि क्षेत्र नम्बर ५ मा रानाको नाम एकल सिफारिस गरिएको हो।

राना यसअघि २०७४ सालको निर्वाचनमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भइसकेका छन्। उनी प्रधानमन्त्री पत्नी नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवालाई पराजित गर्दै निर्वाचित भएका हुन्।

Leave a Reply

Your email address will not be published.