यस्तो छ आजको विदेशी विनिमय दर (सूचीसहित)

काठमाडौं । नेपालमा आज (सोमबार) अमेरिकी डलरको सटही दर १२७ रुपैयाँ रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकन डलर १२७.३८ रुपैयाँ खरिद भइरहेको छ भने १२७.९८ रुपैयाँमा बिक्री भइरहेको छ ।

राष्ट्र बैंकले आजका लागि तोकेको विनिमय दरअनुसार युरोपियन युरोको खरिद दर एक युरोको १२६.७८ रुपैयाँ र बिक्री दर १२७.३८ रुपैयाँ कायम भएको छ ।

एनआईसी एसिया बैंकको चाडपर्व लक्षित नयाँ अफर सार्वजनिक

एनआईसी एसिया बैंकले बडा दसैँ, दीपावली, छठ पर्वलाई लक्षित गरी नयाँ अफर सार्वजनिक गरेको छ ।

उक्त अफरमा एनआईसी एसिया मोबाइल बैंकिङ्ग एपमार्फत दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिटेन्स पठाउन सकिने योजना सार्वजनिक गरेको हो । यो अफर भाद्र १५ देखि कात्तिक १५ सम्म लागू हुने बैंकले जनाएको छ ।

नयाँ अफरमा बैंकका ग्राहकले एनआईसी एसिया मोबाइल बैंक प्रयोग गरी एक ठाउँबाट अर्काे ठाउँ निःशुल्क रूपमा रकम पठाउन सक्ने बैंकले जनाएको छ ।

सेल्फ हेल्प बैंकिङको अवधारणा अनुरूप बैंकको मोबाइल बैकिङमार्फत नै आन्तरिक रेमिटेन्स देशभर पठाउन सकिने नयाँ सुविधाबाट बैंकका ग्राहकहरूले आफ्नो परिवार, आफन्त वा साथीहरूलाई सहज रूपमा रकम पठाई योजनाको भरपुर लाभ उठाउन सक्ने बैंकले जनाएको छ ।

यस योजना अन्तर्गत ग्राहक महानुभावहरूले जुनसुकै स्थानबाट, जुनसुकै समयमा आफ्नो मोबाइल बैंकिङबाट रेमिट रकम सहज रुपमा पठाउन सक्नुहुनेछ ।

यसका लागि ग्राहकहरूले एनआईसी एसिया मोबाइल बैंक भित्र रहेको आईरेमिट आइकनमा ट्याप गरेपश्चात् पठाउन चाहेको रेमिटेन्स रकम, प्राप्त गर्नेको विवरण (नाम, मोबाइल नम्बर एवं ठेगाना) उल्लेख तथा रेमिटेन्स पठाउनुको उद्देश्य छनौट गरी सुरक्षित रुपमा रेमिटेन्स पठाउन सक्नेछन् । यसरी दैनिक अधिकतम २५ हजार रुपैयाँसम्म रकम पठाउन सकिनेछ ।

यस माध्यमबाट पठाएको रकम देशभर रहेका यस बैंकका सम्पूर्ण शाखा तथा विस्तारित काउन्टरहरूका साथै १२ हजार भन्दा बढी रेमिट एजेन्टहरूबाट नगद रकम सहजै झिक्न सकिनेछ ।

Leave a Reply

Your email address will not be published.