काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ ।
महासंघका अनुसार आज छापवाल सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सोमबार ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदी पनि तोलामा १० रुपैयाँले बढेको छ । आज चाँदी तोलाको १ हजार १२५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी १ हजार ११५ रुपैयाँमा कारोबार भएको थियो ।
सानिमा माई हाइड्रोपावरको लाभांश प्रस्ताव
सानिमा माई हाइड्रोपावर लिमिटेड (SHPC) ले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ। कम्पनीकाे सञ्चालक समितिको भदौ २० गते बसेको बैठकले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ५.२६३२ प्रतिशतले हुन आउने १६ करोड २५ लाख ९२ हजार १५८ रुपैयाँ (कर सहित) नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।
उक्त लाभांश आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् । लाभांश पारित गर्न कम्पनीले कार्तिक २ गते ११ औं वार्षिक साधारण सभा बोलाएको छ ।
साधारण सभा तथा लाभांश प्रयोजनको लागि कम्पनीले असोज १२ गते बुक क्लोज गर्ने जनाएको छ । त्यस अनुसार असोज ११ गतेसम्म कायम शेयरधनीले मात्रै कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन् ।