असंसदीय तरिकाबाट देउवाको पक्षमा जुटाएकाे बहुमत स्वतः बदरभागी हुन्छ : मुख्यमन्त्री पोखरेल

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले शेरबहादुर देउवाको पक्षमा असंसदीय तरिकाबाट बहुमत जुटाएको बताएका छन् । सामाजिक सञ्जालमा सक्रिय मुख्यमन्त्री पाेखरेले बुधबार फेसबुकमार्फ यस्ताे टिप्पणी गरेका हुन् ।

एमाले स्थायी समिति सदस्य समेत रहेका पोखरेलले प्रतिनिधि सभा विघटन र काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने मागदाबी सहित परेको रिटको सर्वोच्चमा सुनुवाई भइरहेका बेला यस्तो बताएका हुन् ।

‘संसदीय प्रणालीमा असंसदीय तरिकाबाट जुटाएको बहुमत स्वतः बदरभागी हुन्छ भन्ने कुरा कानुनका विद्यार्थीलाई त थाहा हुनुनै पर्ने हो’, नेता पोखरेलले बुधबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

उनले असंसदीय तरिकाबाट बहुमत जुटाएको भन्दै कानुनका विद्यार्थीलाई त त्यति कुरा थाहा हुनुपर्ने भन्दै न्यायाधीश र कानुन व्यवसायीहरुतर्फ पनि संकेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published.