एमाले अध्यक्ष केपी ओलीलाई फिल्म खेलाउने तयारी, स्क्रिप्ट तयार, राजेश हमाललाई भन्दा धेरै तलब !

काठमाडौं । अभिनेता तथा निर्माता किरण केसी ‘रातामकै’ले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई फिल्म खेलाउने तयारी गरेका छन् । स्क्रिप्ट लेखन सुरु भएको फिल्मको लागि ओलीलाई दशैंपछि औपचारिक प्रस्ताव गर्ने उनले बताए ।

दुई दिनको लागि ओलीलाई फिल्म छायांकनमा समय माग्ने र पारिश्रमिक १० लाख रुपैयाँ दिने पनि केसीले अनलाइनखबरलाई दिए । ‘यो पारिश्रमिक दुई दिनको हो र मैले उहाँका चार–पाँचवटा दृश्य राख्न खोजेको हुँ,’ उनले भने ।

‘दशैंपछि औपचारिक रुपमा उहाँलाई फिल्म खेलाउन प्रस्ताव गर्नेछु । उहाँले हुन्न भन्न पनि सक्नुहुन्छ, तर उहाँलाई जसरी भए पनि कन्भिन्स गर्छु,’ केसीले भने, ‘किनभने उहाँलाई हार्मोनियम र गितार बजाउन आउँछ । जोक्स पनि गर्नुहुन्छ । कलाकारमा हुने गुण सबै उहाँमा छ ।’

पूर्वप्रधानमन्त्रीलाई फिल्म खेलाएर विश्व रेकर्ड राख्ने आफ्नो तयारी रहेको पनि केसीले सुनाए । ‘वामदेव गौतम पनि नाच्नुहुन्छ । प्रचण्ड पनि नाच्ने मान्छे हो । नाच्ने नेताले फिल्म खेल्छन् भने म खेलाउन तयार छु । यो मेरो नितान्त व्यक्तिगत रुचि हो,’ उनले भने ।

झापा ३ मा राप्रपा अध्यक्ष लिङ्देन र ४ मा ओली सिफारिस

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन झापाको क्षेत्र नं. ३ बाट सर्वसम्मत सिफारिस भएका छन् । आज बसेको पार्टीको क्षेत्रीय समितिको बैठकले उनलाई प्रतिनिधि सभा निर्वाचनको लागि प्रत्यक्षतर्फको उमेदवार सिफारिस गरेको हो ।

“पार्टी अध्यक्ष सर्वसम्मत सिफारिस हुनु भएको छ,” राप्रपाका स्थानीय नेता राजकुमार चाम्लिङले भने । उमेदवारी घोषणा गरिएसँगै अब चुनावी प्रचारप्रसार अभियानलाई तीव्रता दिइने चाम्लिङले बताए । राप्रपा जिल्ला अध्यक्ष केशव ओझाले अब जिल्लाभर चुनवाी अभियान सञ्चालन गरिने बताए ।

अध्यक्ष लिङ्देनले अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलालाई झापाको क्षेत्र नम्बर ३ मा पराजित गरेका थिए ।

यस्तै, झापा क्षेत्र नं. ४ मा राप्रपाबाट प्रत्यक्षतर्फ प्रतिनिधि सभाको लागि खुस्बु ओलीको नाम सर्वसम्मत सिफारिस भएको छ ।

बेलायतको अक्स्फाेर्ड विश्वविद्यालयमा राजनीतिशास्त्र अध्ययन गरी फर्किएका ओली प्रतिनिधि सभाको लागि प्रत्यक्षतर्फ सिफारिस भएकी हुन् ।

हाल राप्रपामा केन्द्रीय प्रशिक्षकसमेतको जिम्मेवारीमा रहेकी उनी एक दशकदेखि ‘डेभलपमेन्ट सेक्टर’मा काम गर्दै आएकी छन् ।

Leave a Reply

Your email address will not be published.