म्यादी प्रहरीका लागि आवेदन खुल्दै, ४० दिनकाे तलब कति हुन्छ ?

काठमाडौं। गृह मन्त्रालयले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि म्यादी प्रहरी छनोटसम्बन्धी मापदण्ड स्वीकृत गरेको छ । मन्त्रालयले प्रहरी प्रधान कार्यालयले पठाएको मापदण्ड स्वीकृत गरेको हो ।

मापदण्ड पारित भएसँगै अब प्रहरी प्रधान कार्यालयले भदौ २६ गते म्यादी प्रहरीको आवेदनका लागि पत्रिकामा सूचना प्रकाशित गर्नेछ । त्यसपछि भदौ ३० देखि असोज ६ सम्म आवेदन दिन सकिनेछ ।

त्यस्तै, असोज ९ देखि १४ गतेभित्र छनोट प्रक्रिया पूरा गरिसक्नुपर्नेछ भने नतिजा चाहिँ असोज २५ मा प्रकाशन गरिने कार्यविधिमा उल्लेख छ ।

अर्थ मन्त्रालयले १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्न गृह मन्त्रालयलाई सहमति दिएको छ । म्यादीको कार्यवधी ४० दिनको हुनेछ ।

म्यादी प्रहरीकाे ४० दिनकाे तलब भत्ता ५० हजार भन्दा बढी

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा खटिने म्यादी प्रहरीले ५० हजार रुपैयाँभन्दा बढी रकम पाउने छन्। तलब/भत्ता, रासन, खाजाखर्च लगायत ४० दिनकाे अवधिमा एकमुष्ट ५० हजार १ सय ६० रूपैयाँ पाउने भएका हुन।

२०७९ मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा खटिने म्यादी प्रहरीका लागि ‘म्यादी प्रहरी भर्ना छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी मापदण्ड–२०७९’ स्वीकृत गर्दै गृह मन्त्रालयले उक्त रुपैयाँ उपलव्ध गराउने भएको हो।

केन्द्रीय सुरक्षा समितिले निर्वाचनमा १ लाख १५ हजार म्यादी प्रहरी परिचालन गर्ने निर्णय गरिसकेको छ। प्रहरी प्रधान कार्यालयले म्यादी भर्ना प्रक्रिया दसैंअघि नै सक्ने गरी तालीका निर्धारण गरिसकेको छ।

Leave a Reply

Your email address will not be published.