सुनचाँदीको भाउमा भारी गिरावट, सुन तोलामै एक हजार रुपैयाँले घट्यो

काठमाडाैं । बुधबार सुनचाँदीको भाउमा भारी गिरावट देखिएको छ । भदौ २२ गते, सुन तोलामा एक हजार रुपैयाँले सस्तिएको हो । यस दिन चाँदी तोलामा १५ रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार रुपैयाँमा झरेको छ । यसैगरी,तेजाबी सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

पछिल्लो तीन कारोबार दिनहरुमा सुनको मूल्य वृद्धि भएको थियो । तीन दिनसम्ममा सुन प्रतितोला एक हजार रुपैयाँले बढेको थियाे । मंगलबार सुन तोलामा ३०० रुपैयाँले उकालो लाग्दा प्रतितोला ९४ हजार रुपैयाँ पुगेको थियो ।

बुधबार चाँदीको भाउ पनि सस्तिएको छ । यस दिन चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला एक हजार ११० रुपैयाँमा खरिदबिक्री हुँदैछ ।

अघिल्लो कारोबार दिन भने चाँदीको भाउ तोलामा १० रुपैयाँले उकालो लाग्दा प्रतितोला एक हजार १२५ रुपैयाँ पुगेको थियो ।

 

Leave a Reply

Your email address will not be published.