सेना र प्रहरीलाई पनि छाेडेनन् बालेनले, बहाल कर तिर्नका लागि ताकेता

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेपाली सेना र नेपाल प्रहरीलाई बहाल कर तिर्नका लागि ताकेता गरेका छन् ।

मेयर शाहको निर्देशनमा महानगरको राजस्व विभागले नेपाल आर्मी, नेपाल प्रहरी र समाज कल्याण परिषद्लाई बहाल कर बुझाउन भन्दै पत्र लेखेको हो ।

महानगरले ती कार्यालयहरूले आफ्नो क्षेत्रभित्र बहालमा लगाई बहाल आम्दानी गरेको देखिएकाले वडा कार्यालयमा बहाल कर बुझाउन पटक पटक ताकेता गरे पनि नबुझाएको जनाएका छन् ।

बहाल आम्दानीको विवरणसहित पत्र प्राप्त भएको १० दिनभित्र सम्बन्धित वडा कार्यालयमा गएर नियमानुसार बहाल कर र जरिवाना बुझाउन महानगरले भनेको छ ।

तोकिएको मितिभित्र बहाल कर नबुझाए महानगरापलिकाको राजस्व ऐन, २०७५ बमोजिम कारबाही गरी बाँकी कर असूलउपर गर्न आवश्यक प्रक्रिया अघि बढाइने पत्रमा उल्लेख छ ।

सिफारिस उम्मेदवारहरूको नाममाथि एमाले केन्द्रीय कार्यालयले थाल्यो अध्ययन

नेकपा एमालेले निर्वाचन क्षेत्र, जिल्ला कमिटी र प्रदेश कमिटीले केन्द्रीय कार्यालयमा पठाएका उम्मेदवारहरूको नाममाथि अध्ययन गर्न शुरू गरेको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तोकिएको मापदण्डमा रहेर उम्मेदवार छनोट गरी क्षेत्र, जिल्ला र प्रदेश हुँदै पार्टी केन्द्रमा पठाउन निर्देशन दिएको थियो ।

सोहीअनुसार आएका नामबारे आन्तरिक अध्ययन तथा छानबिन भइरहेको एमाले केन्द्रीय कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.