शिक्षक सेवा आयोगद्वारा माध्यमिक तह तृतीय श्रेणी विज्ञानको नतिजा सार्वजनिक (नतिजासहित)

काठमाडौं । शिक्षक सेवा आयोगले खुला प्रतियोगात्मक विज्ञान विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको चैत १५ र असार ९ गते लिइएको खुला प्रतियोगात्मक लिखित (सामान्य र विषयगत) परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

आयोगले सातै प्रदेशको विज्ञान विषयको खुला प्रतियोगात्मक लिखित परीक्षा माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको नतिजा सार्वजनिक गरेको छ ।

साथै परीक्षामा सम्मिलित भएका उम्मेदवारहरुको रोल नम्बरको क्रममा अन्तवार्ताका लागि मिति समय स्थान समेत तोकेको छ ।

नतिजा हेर्न यहाँ क्लिक गर्नुहाेस्

अन्तर्राष्ट्रिय साक्षरता दिवस : १६ जिल्ला साक्षर घोषणा हुन बाँकी

सरकारले एक दशकअघि ‘साक्षर नेपाल अभियान’ कार्यक्रम सुरु गरेकामा अझै मधेस प्रदेशका आठसहित १६ जिल्ला पूर्ण साक्षर घोषणा हुन बाँकी रहेको छ ।

आर्थिक वर्ष २०७५÷७६ को बजेट र कार्यक्रममा दुई वर्षभित्र नेपाललाई पूर्ण साक्षर घोषणा गर्ने कार्यक्रम ल्याएपछि पछिल्लो समयमा साक्षर जिल्ला घोषणाको क्रम बढेको छ ।

हालसम्म ६१ जिल्ला साक्षर घोषणा भइसकेको छ भने मधेस प्रदेशका सबै जिल्ला (सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा), लुम्बिनी प्रदेशको कपिलवस्तु, कर्णाली प्रदेशको मुगु, जुम्ला, हुम्ला, कालीकोट, डोल्पा, सुदूरपश्चिम प्रदेशको कञ्चनपुर र डोटी साक्षर जिल्ला घोषणा हुन बाँकी रहेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमातहतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार सात सय ५३ स्थानीय तहमध्ये उक्त जिल्लाका गरी एक सय ७६ स्थानीय तह साक्षर घोषणा हुन बाँकी रहेको छ ।

 

Leave a Reply

Your email address will not be published.