नेपाली सेनामा भर्ती खुल्याे (विज्ञापनसहित)

काठमाडौँ । नेपाली सेनाले रिक्त दरबन्दी पदपूर्तिका लागि ठूलो संख्यामा आवेदन आह्वान गरेको छ ।  भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले ४ हजार रिक्त पदमा आवेदन माग गरेको हो ।

देशभरका २८ ठाउँका लागि दरखास्त आह्वान गरिएको छ ।  त्यसमध्ये सैन्य परिवारका लागि २००, खुल्लामा दुई हजार ८८, महिलामा ३३०, आदिवासी जनजातिमा ५५०, मधेसी ४८०, दलित २५२ र पिछडिएको क्षेत्रबाट ८० जना छ ।

भर्नाका लागि पुरुषको हकमा उचाइ ५ फिट ३ इन्च, छाती नफुलाउँदा ३२ इन्च फुलाउँदा ३४ इन्च र तौल ५० किलोग्राम हुनुपर्नेछ । महिलाको हकमा भने उचाइ ५ फिट तौल ४० किलोग्राम हुनुपर्ने तोकेको छ ।

आजबाट असोज २३ गतेसम्म आवेदन दिन सकिने छ । दोब्बर शुल्क तिरेर थप एकहप्ता आवेदन दिने व्यवस्था मिलाइएको जंगी अड्डाले जनाएको छ ।

हेर्नुस् विज्ञापन:

घरेलु उद्योगमा महिलाको आकर्षण बढ्दाे

अझै पनि स्वरोजगार हुने महिलाको सङ्ख्या कमी नै छ तर केही वर्षयता भनेँ आफ्नै ठाउँमा उद्योग चलाएर स्वरोजगार हुने रोजगार नै दिन सक्ने महिलाको सङ्ख्यामा वृद्धि हुन थालेको छ ।

महिलाहरू स्वयम उद्यमी बन्ने र उद्योग सञ्चालन गर्ने क्रम बढ्दो छ । उद्योगहरूमा कामदारको रूपमा पनि महिला आकर्षण बढ्दो छ । कसैले व्यक्तिगत उद्योग र व्यवसाय चलाएका छन् । कतिले सामूहिक रूपमै काम थालेका छन् ।

ब्युटी पार्लर र सिलाई कटाई पेसा व्यवसायमा सीमित नभई महिलाहरूले हस्तकला एवं अन्य उद्योगहरू सञ्चालन गर्ने गरेको पाइएको छ ।

विदेश निर्यात हुने सामानहरू समेत महिलाहरूले सञ्चालन गरेको उद्योगबाट उत्पादन हुने गरेको छ । तानसेन नगरपालिका– ९ दमक डाकी उमा अर्याल नारी सेनिटरी प्याड उद्योगको सञ्चालक थोरै मध्येको एक महिला उद्यमी हो ।

उहाँले महिलाहरूको प्रयोगको लागी नारी सेनिटरी प्याड उत्पादन गर्नुहुन्छ । एक करोडको लगानीमा सुरु गरेको उद्योग अहिले तीन करोड पुगेको छ ।

पाल्पा व्यापार सङ्घमा सहसचिव समेत रहेकी उहाँले आफूले उत्पादन गरेका प्याडहरू देशभर विक्री हुने गरेको छ । कस्मेटिक, फेन्सी तथा किराना पसल, विद्यालय, स्वास्थ्य चौकी लगायतका बजारमा उहाँको सामानले प्राथमिकता पाउने गरेको छ ।

द्योगमा महिलाले महिनावारी हुँदा प्रयोग हुने साना ठुला र गुणस्तरीय प्याड उत्पादन हुने गर्दछ । उक्त सामानहरू उत्पादनको काममा उहाँको उद्योगमा ८ जना कर्मचारीले रोजगारी पाएका छन् ।

Leave a Reply

Your email address will not be published.