एमालेमा फर्किए एकीकृत समाजवादीका इन्चार्ज चापागाईं

बुटवल । नेकपा (एकीकृत समाजवादी)का रुपन्देही इन्चार्ज डा. बालकृष्ण चापागाईं नेकपा (एमाले)मा फर्किएका छन् ।एमाले उपाध्यक्ष विष्णु पौडेलले आफ्नो फेसबुकमार्फत चापागाईं एमालेमा फर्किएको पुष्टि गरेका हुन् ।

आइतबार बिहान करिब ९.३० बजे एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष पौडेलसहितका नेताले चापागाईंलाई एमालेमा स्वागत गरेका हुन् ।

चापागाईं प्रेस चौतारीका पूर्वअध्यक्ष हुन् । राससका पूर्वअध्यक्ष समेत हुन् । उनी एमाले नेता घनश्याम भुसालनिकट मानिन्छन् ।

एकीकृत समाजवादीको गुल्मी अध्यक्षमा महत

नेकपा (एकीकृत समाजवादी)को गुल्मी जिल्ला अध्यक्षमा पुनः संस्थापक अध्यक्ष श्रीराम महत नै चयन भएका छन् । शनिबारको बैठकबाट उनलाई अध्यक्षमा सर्वसम्मत चयन गरिएको हो ।

महत बुटवल आएका बेला अध्यक्ष बनाइएका नरेश भण्डारी केही दिनअघि नेकपा (एमाले)मै फर्किएका थिए ।

शनिबार सदरमुकाम तम्घासमा बसेको सो पार्टीको विस्तारित बैठकबाट महतलाई नै अध्यक्षमा चयन गरिएको जनाइएको छ । उनले एकीकृत समाजवादीलाई एक ढिक्का बनाएर अगाडि बढ्ने प्रतिबद्धता जनाए ।

वामदेव गौतम नेतृत्वको नेकपा एकता अभियानका केन्द्रीय सदस्य प्रमेश पोखरेललाई एकीकृत समाजवादीको गुल्मी इन्चार्जको जिम्मेवारी दिनका लागि केन्द्रमा सिफारिस गरिएको जनाइएको छ । सहइन्र्चाजमा गणेश विश्वकर्मा नै कायम छन् ।

Leave a Reply

Your email address will not be published.