रवि लामिछानेको पार्टीबाट स्याङ्जा २ मा गुरुङ उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले स्याङ्जा २ मा टिकराज गुरुङलाई प्रत्यक्षतर्फको उम्मेदवार बनाउने भएको छ ।

लामो समयदेखि शिक्षण पेशामा आवद्ध गुरुङलाई संघीय संसदका लागि उम्मेदवार बनाउन लागिएको छ । प्रतिनिधि सभाका लागि स्याङ्जा २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिन लागेको गुरुङले अनलाइनखबरसँग बताए ।

‘उम्मेदवार स्थानीय तहका आकांक्षीबाट छनोट गर्न पार्टीको पद्धति छ । त्यही विधि अनुसार म उम्मेदवार बनेर प्रचारमा लागेको छु’, गुरुङले भने ।

राजनैतिक यात्रा कसैसँग वदला लिनको लागि नभएर अवस्था वदल्नको लागि भएको उनले बताए । पूर्व सञ्चारकर्मी लामिछानेको नेतृत्वमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले देशभर चुनावी कार्यक्रम गरिरहेको छ । लामिछाने सहितका केन्द्रीय नेताहरु स्याङ्जा २ स्थित वालिङमा गई पार्टीको भेला गरेका थिए ।

एकीकृत समाजवादीका केन्द्रीय सदस्य बालकृष्ण चापागाईं एमालेमै फर्किए

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य बालकृष्ण चापागाईँ नेकपा एमालेमै फर्किएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकोटमा आइतबार आयोजित एक कार्यक्रमबीच चापागाईंलाई एमालेमै फर्काएका हुन्।

एकीकृत समाजवादीको अर्थ तथा योजना विभागको केन्द्रीय उपाध्यक्ष समेत रहेका चापागाईं प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय अध्यक्ष समेत हुन्।

Leave a Reply

Your email address will not be published.