सत्तारुढका कार्यकर्ता सडक उत्रिँदा कमल थापालाई उदेक लाग्यो !

हेटौंडा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रत्येक नेपालीले जन्मशिद्ध नागरिकता पाउनुपर्ने बताएका छन् ।

थापाले प्रत्येक नेपालीले जन्मशिद्ध नागरिकता पाउनु पर्ने तर विवाह गरेर ल्याएको भोलिपल्ट विदेशीलाई नागरिकता दिने व्यवस्था भएको विधेयक तुरुन्त लागु गर्न नहुँने बताउँदै आएका छन् ।

सोही विषयलाई लिएर अध्यक्ष थापाले सोमबार बिहान सामाजिक संजाल ट्वीटरमा एक ट्वीट गरेका छन् । थापाले विवाह गरेर ल्याएको भोलिपल्ट विदेशीलाई नागरिकता दिने व्यवस्था भएको विधेयक तुरुन्त लागुहोस् भन्दै केही युवाहरु सडकमा उत्रिएका देख्दा उदेक लागेको बताएका छन् ।

अध्यक्ष थापाले भनेका छन्ः

प्रत्येक नेपालीले नागरिकता पाउनुपर्छ।जन्मशिद्ध नागरिकका सन्तानले सहजरुपमा नागरिकता पाउनुपर्छ।तर,विवाह गरेर ल्याएको भोलिपल्ट विदेशीलाई नागरिकता दिने व्यवस्था भएको विधेयक तुरुन्त लागुहोस् भनि केही युवाहरु सडकमा उत्रिएका देख्दा उदेक लाग्छ।युवाहरु राजनीतिक स्वार्थको गोटि बन्नु हुँदैन

आइतबार सत्तारुढ दल नेपाली कांग्रेसको भातृ संगठनले नागरिकता विधेयक प्रमाणीकरण गर्न ढिलाइ भएको भन्दै राजधानीको त्रिचन्द्र क्याम्पसभित्र विरोध प्रदर्शन गरेको थियो ।

सो बीच सत्तारुढका कार्यकर्ताले नेपाल प्रहरीले विरोध प्रदर्शनमा अवरोध गरेको भन्दै प्रहरीमाथि ढुंगा, इट्टा, लाठ्ठी र चिर्पट प्रहार समेत गरेको थियो ।

Leave a Reply

Your email address will not be published.