जे बर मागे पनि पूरा हुने सुपादेउराली मन्दिरकाे दर्शन गरी हेर्नुस् भदाै २८ गते मंगलबारकाे राशिफल !

मेष: आज लेनदेनमा हतार नगर्नुहोस्। खर्च बढ्न सक्छ। व्यापार जीवन सामान्य रहनेछ। परीक्षामा सफलता मिल्ने सम्भावना छ । सन्तानसँग सम्बन्धित कुनै पनि कुराले तपाईलाई विचलित पार्न सक्छ।

वृष: पैतृक सम्पत्तिबाट लाभ मिल्नेछ। सरकारी जागिर गर्नेहरूका लागि दिन अनुकूल छ। व्यवसायीले लाभ लिन सक्छन् । आफ्नो बहुमूल्य चीजहरूको ख्याल राख्नुहोस्।

मिथुन राशिफल : आज मन प्रसन्न रहनेछ । स्वास्थ्यमा उतारचढाव आउन सक्छ। तेस्रो व्यक्तिको कारणले प्रेम जीवन खत्तम हुन सक्छ। कानुनी मामिलामा केही बाधा आउन सक्छ।

कर्कट राशिः पुराना साथीभाइ भेट्ने अवसर मिल्नेछ। नाता सम्बन्ध प्रगाढ हुनेछ । तपाईको रचनात्मकताले आज तपाईलाई सम्मान प्रदान गर्नेछ। जीवनसाथीको सहयोग मिल्नेछ ।

सिंह: मान सम्मान बढ्नेछ। आज स्वास्थ्य राम्रो रहनेछ। मिहिनेतको राम्रो नतिजा मिल्नेछ । परिवारमा सुख शान्ति छाउनेछ। भौतिक सुखमा वृद्धि हुनेछ।

कन्या: राजनीतिक क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूको लागि दिन राम्रो छ। प्रेम जीवनमा शान्ति रहनेछ। आज काममा व्यस्तता बढ्नेछ । स्वास्थ्यको ख्याल गर्नु होला

तुला: तुला राशिका व्यक्तिहरूले आज कुनै शुभ समाचार पाउन सक्नेछन्। आम्दानी बढ्नेछ । व्यापारमा लाभको अवसर मिल्नेछ । हतार नगर्नुहोस् नत्र काम बिग्रन सक्छ।

वृश्चिक: कानुनी काममा सफलता मिल्नेछ। परिवारलाई पनि समय दिने प्रयास गर्नुहोस्। आम्दानीमा केही उतारचढाव आउन सक्छ।

धनु: आज धनु राशि हुनेहरुको प्रेम जीवनमा सकारात्मक परिवर्तन आउनेछ। स्वास्थ्यमा विशेष ध्यान दिनुहोला । लाभको सम्भावना रहेको छ । ठूला कम्पनीबाट कामको प्रस्ताव आउन सक्छ ।

मकर: आजको दिन तपाईको लागि अनुकूल रहनेछ। जागिरमा पदोन्नति पाउन सकिनेछ । यात्रा लाभदायी साबित हुनेछ। आफ्नो बोली नियन्त्रण गर्नुहोस्।

कुम्भ: सवारी चलाउँदा सावधानी अपनाउनुहोला। आमाबुवाको स्वास्थ्यको ख्याल गर्नुहोला । वरिष्ठ अधिकारीको सहयोग मिल्नेछ । बुद्धिमानीपूर्वक लगानी गर्नुहोस्।

मीन: अनावश्यक कुरामा ध्यान नदिनुहोस्। दाम्पत्य जीवन सुखमय रहनेछ। व्यवसायीलाई फाइदा हुनेछ । कुनै पनि विवादमा नपर्नुहोला ।

Leave a Reply

Your email address will not be published.