धरानमा पानी ल्याउन सफल भए हर्क साम्पाङ ! (भिडियाेसहित)

काठमाडौं । धरान बजारमा पानी ल्याउन मेयर हर्क साम्पाङ सफल भएका छन् ।

उनले स्थानीय तह निर्वाचनको बेला धरानमा पानीको समस्या समाधान गर्ने बाचा गरेका थिए । मेयर निर्वाचित भएलगत्तै उक्त बाचा पूरा गर्न कस्सिएका साम्पाङले अन्ततः खर्दु र निशाने खोलाको पानी ल्याउन सफल भए ।

उनले धरान ल्याइएको पानीको फोहोराको भिडियो सामाजिक सन्जालमा पोष्ट गर्दै खुसी साटेका छन् । ‘खर्दु र निशानेलाई मात्रै जोडेका छौं, सर्दु जोड्न बाँकी छ,’

उक्त भिडियोसँगै उनले लेखेका छन्, सर्दुसँग त झन् ठूलो आउने छ फोहोरा ।’ उक्त भिडियोमा मेयर साम्पाङसहित धरानवासी पानीको फोहोरामा भिज्दै गरेको देखिन्छ ।

उनले पोष्ट गरेको भिडियोमा धेरैले बधाई दिंदै कमेन्ट गरेका छन् । केहीले भने सुक्खायाममा त्यो पानी सुक्न सक्ने भन्दै त्यसको विकल्प पनि सोच्न सुझाव दिएका छन् ।

सरकारले पाकिस्तानलाई २ करोड बराबरको राहत सामग्री सहयोग गर्ने

सरकारले पाकिस्तानलाई २ करोड बराबरको राहत सामग्री सहयोग गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयका अनुसार बाढीबाट प्रभावितहरुको सहायतास्वरुप पाकिस्तान सरकारलाई २ करोड रुपैयाँ बराबरको राहत सामग्रीहरु प्रदान गर्न लागिएको हो ।

बाढीबाट प्रभावितहरुको लागि नेपाल सरकारको तर्फबाट राहत सामग्रीहरु प्रदान गर्ने भदौ २१ गते बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।

सरकारले उक्त विपद्मा परी मृत्यु हुनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।

 

Leave a Reply

Your email address will not be published.