विमानमा धुवा देखिएपछि जापान उडेको जहाज आधा घण्टापछि विमानस्थलमै अवतरण

काठमाडौं । काठमाडौंबाट जापान लागि उडेको नेपाल वायुसेवा निगमको जहाजमा धुवाँ देखिएपछि काठमाडौंमै फर्किएको छ ।

गएराति ११ बजे उडेको जहाज उडान भरेको आधा घण्टामै फर्किएको उच्च सुरक्षा स्रोतले जानकारी दिएको छ ।जहाजमा १८४ यात्रु सवार थिए । जहाजमा सवार यात्रुलाई सिनामंगलमा रहेको एयरपोर्ट होटलमा राखिएको छ ।

विमान मर्मतपछि सोही विमानमार्फत आज जापान लैजाने तयारी छ ।

प्रतिनिधि सभा बैठक बस्दै (यस्तो छ सम्भावित कार्यसूची)

संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दै छ । संसद भवन नयाँ बानेश्वरमा बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार पाँचवटा विधेयक प्रमाणीकरण गरेकी छन् । उनले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम तथ्यांक सम्बन्धी कानुनलाई संशोधन र एकीकरण बनेको विधेयक,

स्टान्डर्ड नाप र तौल ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक, प्रत्यायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई प्रमाणीकरण गरेकी हुन् ।

सार्वजनिक पदधारण गर्ने व्यक्तिको शपथ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र योगमाया आयुर्वेद विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई प्रमाणीकरण गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

कारागार विधेयक, २०७८ माथि राष्ट्रिय सभाबाट भएको संशोधन प्रस्ताव प्रस्तुत गर्ने पनि आजको बैठकको सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.