चिनियाँ नेता ली भ्रमण : आज दिनभर कहाँ कहाँ सवारी आवगमन प्रभावित हुन्छ ? विस्तृतमा

काठमाडाैं । नेपाल भ्रमणमा रहेको चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समितिका अध्यक्ष ली झान्सु आज पनि उच्चस्तरीय राजनीतिक भेटघाटमा व्यस्त हुने भएका छन् ।

चार दिने नेपाल भ्रमणका लागि सोमबार नेपाल आएका लीले आज विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यतालिका छ । साढे ३ बजे राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्ने कार्यतालिका छ । उनले आजै भक्तपुर दरबारको अवलोकनको कार्यक्रम रहेको छ।

ली राजनीतिक भेटवार्ता र भ्रमणमा निस्कने समयमा आज पनि काठमाडौं उपत्यकाको सवारी आगमन प्रभावित हुने भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार आज बिहान ९ बजेको आसपासमा रविभवन,

सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, त्रिपुरेश्वर, थापाथली, माइतिघर, नयाँ बानेश्वर, कोटेश्वर, जडिबुटी, कौशलटार, गठ्ठाघर, नयाँ ठिमी, राधेराधे, सल्लाघारी,

सैनिक आवासीय महाविघालय, क्यान्सर अस्पताल, कालोपाटी, व्यासी, सीडीयो कार्यालयदेखि भक्तपुर दरवार स्क्वायर आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित हुनेछ।

दिउँसो साढे ३ बजे सोल्टी होटल, कालिमाटी, टेकु, त्रिपुरेश्वर, नागस्थान, गोश्वारा हुलाक, महांकाल, भोटाहिटी, जमल, केशरमहल, लैनचौर, सांग्रिला होटेल, पानीपोखरी र शीलत निवास म्मको सवारी आवागमन प्रभावित हुने उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

लीको सवारीको समयमा वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ । अध्यक्ष ली भ्रमण सम्पन्न गरी बिहीबार बिहान विशेष विमानबाट स्वदेश फर्कने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published.