तोलामै ७०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । बुधबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधरबार छापावाल सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार छापावाल सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यस्तै, आज चाँदी प्रतितोला १० रुपैयाँ घटेर कारोबार भएको छ । महासंघका अनुसार चाँदी प्रतितोला एक हजार १७५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार १८५ रुपैयाँ कायम थियो ।

सहकारीहरूलाई काठमाडौं महानगरले भन्यो– १५ दिनभित्र विवरण बझाउनू

ठमाडौं महानगरपालिकाले सहकारी संस्थाहरूलाई १५ दिनभित्र विवरण बुझाउन आग्रह गरेको छ ।

महानगरले जारी गरेको सूचनामा साधरणसभा नगरेका सहकारीलाई १५ दिनभित्र साधरणसभा गरी महानगरमा प्रतिवेदन पेस गर्न भनिएको छ ।

सहकारी नयाँ दर्ता स्वीकृतिप्राप्त संस्थाहरूले दर्ता भएको मितिले तीन महिनाभित्र प्रारम्भिक साधारण सभा गरी नबुझाएमा र पुरानाको हकमा दुई वर्षसम्म कुनै कारोबार नगरी निष्क्रिय रहेको पाइएमा

काठमाडौं महानगरपालिका सहकारी ऐन २०७४ को दफा ६६ बमोजिम सहकारी खारेजको प्रक्रिया अघि बढाइने महानगरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.