जे बर मागे पनि पूरा हुने सुपादेउराली मन्दिरकाे दर्शन गरी हेर्नुस् भदाै ३० गते बिहीबारकाे राशिफल !

मेष: कुनै शुभ कार्यक्रममा सहभागी हुने अवसर मिल्नेछ। कला साहित्य क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूको लागि आजको दिन शुभ छ। शेयर बजारमा लगानी गर्दा लाभ मिल्नेछ । प्रेम सम्बन्ध बलियो हुनेछ। धनको स्रोत बढ्नेछ ।

वृषः आमाको सहयोग मिल्नेछ । स्वभावमा जिद्दी रहनेछ। स्वास्थ्यमा उतारचढाव आउन सक्छ। आकस्मिक आर्थिक लाभ हुने सम्भावना छ । विद्यार्थीहरूले अध्ययनमा सफलता मिल्नेछ। प्रेम जीवन सुखमय रहनेछ। यात्रामा जान सकिन्छ ।

मिथुन: आर्थिक अवस्था राम्रो रहनेछ। विरोधीलाई परास्त गर्न सफल हुनेछन् । प्रगतिको सम्भावना रहेको छ । आपसी सम्बन्ध बलियो हुनेछ। घरमा शान्त वातावरण रहनेछ। छालामा समस्या आउन सक्छ। ठूला कम्पनीबाट कामको प्रस्ताव आउन सक्छ ।

कर्कट: कर्कट राशि भएका व्यक्तिहरुका लागि आजको दिन कुनै पनि ठुलो निर्णय लिनको लागी अनुकुल रहेको छ । कला क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूले आफ्नो प्रतिभा देखाउने मौका मिल्नेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। साथीभाइसँग यात्रामा जान सकिनेछ । व्यापारमा लाभ हुनेछ ।

सिंह: आज कसैबाट धोका हुन सक्छ, सावधान रहनुहोस्। जीवनसाथीसँग कुनै कुरामा विवाद हुन सक्छ। बैङ्किङ क्षेत्रमा आबद्ध व्यक्तिले लाभ पाउनेछन् । स्वास्थ्यको ख्याल गर्नु होला आफ्नो बोली नियन्त्रण गर्नुहोस्।

कन्या: आजको दिन रमाइलो हुनेछ। कामदारले पदोन्नति पाउन सक्नेछन् । आफ्नो खानपानमा ख्याल गर्नुहोस्। आध्यात्मिक कार्यमा झुकाव बढ्नेछ। व्यापार व्यवसायमा प्रगतिको सम्भावना छ । शेयर बजारबाट लाभ लिन सकिनेछ ।

तुला: व्यवसायिक यात्रामा जानुपर्ने हुनसक्छ। करियरमा उतारचढाव आउन सक्छ । स्वास्थ्यका लागि आजको दिन अनुकूल छैन। धन लाभ हुनेछ तर खर्च पनि बढ्नेछ । आफ्नो परिवार र कार्यालयमा सद्भाव कायम राख्नुहोस्।

वृश्चिक : आज तपाईंले आफ्नो कार्यसम्पादनको लागि मानिसहरूबाट प्रशंसा पाउनुहुनेछ। स्वास्थ्यको दृष्टिले आजको दिन शुभ रहेको छ । रोजगारी बढ्नेछ। अपरिचित व्यक्तिबाट सहयोग लिन सकिनेछ। दाम्पत्य जीवनमा सुख शान्ति रहनेछ।

धनु: आज कार्यस्थलमा उच्च अधिकारीहरूबाट तपाईंको कामको प्रशंसा हुनेछ। स्वास्थ्यको बारेमा अलि चिन्तित रहन सक्नुहुन्छ। करियरमा उन्नतिको सम्भावना छ । मनोबल र आत्मविश्वास बढ्नेछ।

मकर: तीर्थयात्रामा जान सकिनेछ। अविवाहितको विवाह तय हुन सक्छ। दाजुभाइबाट लाभ मिल्नेछ । शारीरिक रुपमा स्वस्थ रहनेछ । आज बाहिरको खाना नखानु राम्रो हुन्छ ।

कुम्भ: व्यवसायीहरूले आज योजनाहरू विस्तार गर्न सक्छन्। घरपरिवारमा कसैको खराब स्वास्थ्यले चिन्तित हुन सक्छ। खानपानमा कन्ट्रोल गर्नुपर्छ । परिवारप्रतिको जिम्मेवारी राम्ररी पूरा गर्नुहुनेछ। खर्च बढ्न सक्छ।

मीन: पहिरन र सवारी साधनको सुखमा वृद्धि हुने संकेत छ। कार्यालयमा कुनै पनि राजनीतिबाट टाढा रहनुहोस्। आज तपाईको मूड रमाईलो हुनेछ। कामको गति सामान्य रहनेछ । विशेष व्यक्तिसँग भेटघाट हुनसक्छ ।

Leave a Reply

Your email address will not be published.