सुनको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेर कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ३०० रुपैयाँले घटेको छ ।

हिजो बुधबार तोलामा ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन आज तोलाको ९२ हजार रुपैयाँमा कारोबार भइरहेका छ ।

यस्तै, चाँदीको मूल्य बढेको छ । बुधबार आज १ हजार १७५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार १८० मा कारोबार भइरहेको छ ।

शेयर धितो कर्जा डेढ वर्ष अघिकै अवस्थामा

बैंकहरुले शेयर धितो कर्जामा गरेको लगानी डेढ वर्ष अघिकै अवस्थामा झरेको छ। केन्द्रिय बैंकले गरेको कडाइको कारण शेयर धितो कर्जा घट्ने क्रम जारी छ।

साउन महिनामा पनि बैंकहरुको शेयर धितो कर्जा करिब ४ अर्ब रुपैयाँले घटेको छ। गत असार मशान्तसम्ममा बैंक तथा वित्तीय संस्थाले शेयर धितो कर्जामा कुल ८० अर्ब ५० करोड रुपैयाँ कर्जा दिएका थिए। साउन अन्तिमसम्ममा त्यो घटेर ७६ अर्ब ८० करोड रुपैयाँमा झरेको छ। गत एक वर्षमा शेयर धितो कर्जा करिब ३० अर्ब रुपैयाँले घटेको छ।

बजार बढ्दा उच्च दरमा बढेको मार्जिन कर्जा बजार घट्दा पनि लगातार घट्दो क्रममा देखिएको छ। गत आर्थिक वर्षमा केन्द्रिय बैंकले शेयर धितो कर्जामा ४ करोड र १२ करोड रुपैयाँको सिमा तोकिदिएपछि शेयर धितो कर्जा लगातार घट्दो क्रममा छ।

अहिले बैंकहरुको शेयर धितो कर्जा करिब डेढ वर्ष अघिकै अवस्थामा झरेको छ। २०७७ माघसम्ममा बैंक तथा वित्तीय संस्थाले शेयर धितोमा कुल ७७ अर्ब ४८ करोड रुपैयाँ कर्जा दिएका थिए। अहिले शेयर बजारमा गएको कर्जा त्यो भन्दा पनि कम छ।

यसले बढेको बजारमा कर्जा लिने धेरै लगानीकर्ता कर्जा चुक्ता गरिसकेको देखाउछ। खसगरी, राष्ट्र बैंकले शेयर धितोमा सिमा तोकेको कारणले पनि ठुलो कर्जा लिएर शेयर कारोबार गर्ने लगानीकर्तालाई कर्जा चुक्ता गर्नुपर्ने बाध्यता रह्यो। यसले गर्दा पनि लगानीकर्ताले लिएको ठुलो कर्जा बैंकमानै फिर्ता भएको छ।

गत वर्ष यही प्रेसरकै कारण पनि शेयर बजारमा उच्च गिरावट देखिएको थियो। तर अब भने कर्जा चुक्ता गर्नुपर्ने प्रेसर सकिएको छ। यसले गर्दा बजारमा बिक्री चाप पनि कम भएको छ।

राष्ट्र बैंकको सिमाको कारण अहिले सबै कर्जा १२ करोड रुपैयाँभन्दा कम रकमको छ। ठुला कर्जा घटेपछि पछिल्लो समय साना रकमको कर्जा भने बढ्दै गएको छ।

 

Leave a Reply

Your email address will not be published.