सेनाले माग्यो २२९ अधिकृत क्याडेट पदका लागि दरखास्त (सूचनासहित)

काठमाडौं । नेपाली सेनाले अधिकृत क्याडेट पदको लागि दरखास्त आह्वान गरेको छ । नेपाली सेना भर्ना छनोट निर्देशनालयले अधिकृत क्याडेट पदका लागि दरखास्त माग गरेको हो ।

आजदेखि असोज २९ गतेसम्म आवेदन दिन सकिने सार्वजनिक सूचनामा उल्लेख छ ।

खुला तथा समावेशी प्रतिस्पर्धाबाट २२९ पदका लागि आवेदन आह्वान गरिएको छ । नेपाली सेनाका सन्तती ११, महिला २२, आदिवासी जनजाती ३०, मधेसी २८, दलित १४, पिछडिएको क्षेत्र ७ र बाँकी ११७ खुलाका लागि आवेदन आह्वान गरिएको हो ।

योग्यता पुगेका नेपाली नागरिकले नेपाली सेनाको आधिकारिक वेबसाइटबाट अनलाइन दरखास्त फाराम भरी सो को प्रिन्ट–आउटसहित स्वयम् उपस्थित भई तोकिएको भर्ना केन्द्रमा दरखास्त पेस गर्नुपर्नेछ ।

मनै लोभ्याउने रारा ताल

आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बनेको मुगु जिल्लास्थित रारा ताल । नेपालको सबैभन्दा ठूलो यो ताल समुद्री सतहबाट २,९९० मिटरको उचाइमा १६७ मिटर गहिराइ, पाँच किमि लम्बाइ, तीन किमि चौडाइ र १०.८ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । तस्बिर : नृपेन्द्रबहादुर मल्ल/रासस ।

मुगु जिल्ला स्थित नेपाल कै ठुलो ताल रारा ताल । समुद्री सतहबाट २९९० मिटरको उचाईमा रहेको यो ताल १६७ मिटर गहिराई, ५ किमी लम्वाई,३ किमी चौडाई र १०.८ वर्ग किलो मिटर क्षेत्रफलमा फैलिएको छ ।

तालको सुन्दरताले यहाँ पुग्ने आन्तरिक तथा बाईय पर्यटकहरु मन्त्रमुग्ध हुने गर्दछन । ताल क्षेत्रमा सुविधायुक्त होटेलहरु र अन्य सुविधा नहुदा भने पर्यटकहरु आफनो बसाई छोटयाएर फकर्ने गरेका छन ।

Leave a Reply

Your email address will not be published.