नेपाल विद्युत् प्राधिकरणमा जागिर खुल्याे (सूचनासहित)

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । १०औँ तहदेखि तह ३ सम्म प्राधिकरणले आवेदन आह्वान गरेको हो ।

खुला प्रतिस्पार्धामार्फत पदपूर्तिका लागि आवेदन आह्वान गरिएको प्राधिकरणले स्पष्ट पारेको छ । आवेदन असोज २० गतेसम्म दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर असोज २७ गतेसम्म दरखास्त दिन सकिने प्राधिकरणले जनाएको छ ।

नेपाली सेनामा खुल्यो २२९ जना क्याडेट अधिकृतको जागिर 

नेपाली सेनाले अधिकृत क्याडेट पदको लागि दरखास्त आह्वान गरेको छ । सेनाको भर्ना छनोट निर्देशनालयले खुला तथा समावेशी प्रतिस्पर्धातर्फ २२९ अधिकृत पदका लागि दरखास्त मागेको हो ।

निर्देशनालयको सूचनामा आजदेखि असोज २९ गतेसम्म आवेदन दिन उल्लेख छ । त्यस्तै, दोब्बर दस्तुर बुझाइ कात्तिक ७ गतेसम्म आवेदन दिन सकिनेछ ।

नेपाली सेनाका सन्तति ११, महिला २२, आदिवासी जनजाति ३०, मधेसी २८, दलित १४, पिछडिएको क्षेत्र ७ र बाँकी ११७ खुलाका लागि आवेदन आह्वान गरिएको हो ।

Leave a Reply

Your email address will not be published.