सुनको मूल्य एक हजारले घट्यो

काठमाडाैं । स्थानीय बजारमा सुनको मूल्य लगातार ओरालो लागेको छ । गत २४ गतेदेखि सुनको मूल्य लगातार ओरालो हो । आज छापावाल सुनको मूल्य एक हजार रुपैयाँ घटेर कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । आज प्रतितोला एक हजार घटेर ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

एक साताको अन्तरालमा छापावाल सुन प्रतितोला दुई हजार ४०० रुपैयाँ घटेको छ । भदौ २४ गते छापावाल सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुन प्रतितोला ९१ हजार रुपैयाँमा करोबार भएको छ । बिहीबार तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँमा करोबार भएको थियो । एक दिनमा तेजाबी सुनको मूल्य पनि एक हजार रुपैयाँ नै घटेको छ ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेर करोबार भएको छ । बिहीबार प्रतितोला एक हजार १८० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १० रुपैयाँ घटेर एक हजार १७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.