थापागाउँ क्षेत्रमा चल्यो महानगरको डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले थापागाउँ क्षेत्रमा बनाइएका अनधिकृत संरचना भत्काएको छ । त्यस क्षेत्रमा सडक मिचेर बनाइएका घर टहरामा महानगरले डोजर चलाएको हो ।

थापागाउँ क्षेत्रको गल्ली मिचेर बनाइएका तीन वटा पक्की घरले मिचेको भाग डोजर लगाएर हटाएको महानगरले जनाएको छ ।

यस्तै, दुई वटा टहरा पनि हटाउने काम भएको महानगरको भनाइ छ । त्यस्तै, आजै महानगरले नयाँबानेश्वर क्षेत्रका अनधिकृत संरचना हटाउन डोजर चलाएको छ ।

बाबुरामलाई बालेनको जवाफ: तपाईंले हजारौंको घर भत्काएर फुटपाथ बनाउँदा पनि सोच्न पर्थ्यो नि !

काठमाडौं महानगरको मेयर बालेन्द्र साह (बालेन) ले पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई जवाफ फर्काएका छन्

सामाजिक सन्जालमार्फत् भट्टराईले बालेनलाई स्वरोजगार व्यवसायीलाई व्यवस्थापन गर्न दिएको सुझावलाई मेयर बालेनले पनि सामाजिक सन्जालबाटै जवाफ फर्काएका हुन् ।

उनले बाबुरामलाई भनेका छन्, ‘यो कुरा त तपाईंले हजारौंको घर भत्काएर फुटपाथ बनाउँदा पनि सोच्न पर्थ्यो नि ।’

 

Leave a Reply

Your email address will not be published.