नेपाल टेलिकमले आजदेखि निःशुल्क ई–सिम वितरण गर्ने, के हो ई–सिम ?

काठमाडौं। नेपाल टेलिकमले आजदेखि निःशुल्क ई–सिम वितरण गर्ने भएको छ ।

सुन्धारास्थित दूरसञ्चार कार्यालयको काउन्टरबाट कम्पनीका ग्राहकलाई निःशुल्क एम्बेडेड सिम (ई–सिम) वितरण गर्न लागिएको नेपाल टेलिकमले जनाएको छ ।

टेलिकमका अनुसार ई–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकले उक्त नयाँ प्रविधिको सिम प्रयोग गर्न सक्ने छन् । हाल फिजिकल सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकहरूका पोस्टपेड र प्रिपेड सिमलाई निःशुल्क ई–सिममा परिवर्तन गर्न सकिने छ ।

भृकुटीमण्डपको दसैँलक्षित ‘जुत्ताचप्पल मेला’मा उपभोक्ताको भिड

काठमाडौंको भृकुटीमण्डपमा सञ्चालनमा आएको दसैँ लक्षित चुत्ताचप्पल मेलामा उपभोक्ताको भिड बढ्न थालेको छ ।

भदौ २० गतेदेखि सञ्चालनमा आएको मेलामा दसैँ नजिकिएसँगै उपभोक्ताको भिड बढ्न थालेको हो । नेपालका ख्यातिप्राप्त ब्रान्डहरूले असाज १६ गतेसम्म मेला आयोजना गरेका हुन् ।

चाडबाडलक्षित मेलामा विशेष अफरसहित जुत्ताचप्पल पाएपछि मेलामा ग्राहकहरूको आकर्षण चुलिँदै गएको बताइएको छ ।

भृकुटीमण्डपको गेट छिर्ने बित्तिकै सानो चौरमा लागेको मेलामा नेपालका प्रख्यात ब्रान्ड शिखर सुज, हाईलाईफ, वान वर्ल्ड सुज, फुटस्टेप सुज, बोस सुज, पीजी सुज, बेम्बो सुज, एस लेदरका

दुई हजारभन्दा बढी आकर्षक र नयाँ–नयाँ डिजाइनका जुत्ताचप्पल उपलब्ध रहेको आयोजक तथा शिखर सुजका प्रबन्धक निर्देशक रामकृष्ण प्रसाईंले जानकारी दिए ।

यसअघि पटक–पटक महाकुम्भ जुत्ता मेला सञ्चालन गरेको समूहले नै दसैँ लक्षित जुत्ता चप्पल मेला आयोजना गरेका हुन् । “उपभोक्ताको पहिलाको क्रेज र विश्वासलाई जित्न फेरि मेला सञ्चालनमा ल्याएका छौँ,” प्रसाईंले भने ।

बजारमा सस्तो जुत्तालाई पनि महँगो मूल्य राखेर उपभोक्तालाई ठग्ने गरिएकोमा यो मेलामा जति हो त्यति नै मूल्य राखिँदा बार्गेनिङ गरिरहन नपरेको र ठगिनबाट जोगिएको मेलामा जुत्ता छानिरहेका इमाडोलका रविन डंगोलले बताए ।

Leave a Reply

Your email address will not be published.