एमालेको पदयात्रामा उर्लियो मानवसागर (तस्वीरहरु)

काठमाडौं, १ असोज । संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउन नेकपा एमालेले काठमाडौंमा गरेको पदयात्रा कार्यक्रममा मानवसागर उर्लिएको छ ।

शनिबार बिहान एमाले अध्यक्ष एवं पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको ‘संविधानको सात वर्षे यात्रा, युवा सँगसँगै पदयात्रा’ कार्यक्रममा स्वतःस्फूर्त मानवसागर उर्लिएको हो ।

कार्यक्रममा सहभागी भएका हजारौ सहभागीहरुले नेपाली राष्ट्रिय झण्डा बोकेर एमालेको पदयात्रा कार्यक्रमलाई साथ दिएका थिए ।

पदयात्रा कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सत्तारुढ ५ दलीय गठबन्धन सरकारले देशलाई ओरालो बाटोमा लगेको बताए ।

अध्यक्ष ओलीले गठबन्धनले ओरालो गतिमा लगेको देशलाई रोकेर देशलाई अघि बढाउन राजनीतिक, लोकतान्त्रिक अभ्यास, संविधान कार्यान्वयन, शान्ति सुव्यवस्था, भ्रष्टाचार नियन्त्रण, सुशासन, चौतर्फी विकासको अभ्यासको अभियानलाई अघि बढाउने हिसावले सशक्त ढंगले अघि बढ्ने बताए ।

तस्वीरहरु:

Leave a Reply

Your email address will not be published.