सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ काराेबार ?

काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य गएको कारोबार दिनभन्दा तोलामा ३०० रुपैयाँले बढेको छ ।

यस दिन छापावाल सुन तोलाको ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । गएको शुक्रबार सुन तोलाको ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार तेजाबी सुन आज तोलाको ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यस दिन चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर कारोबार भइरहेको छ ।

शुक्रबार तोलाको एक हजार १७० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार १८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आईएमई मोटर्सले लोन मेला आयोजना गर्ने

आईएमई मोटर्ससँगको सहकार्यमा अशोक लेल्याण्डले ग्राहकहरुलाई लक्षित गरी लोन मेला आयोजना गर्ने भएको छ । मेला काठमाडौं, नेपालगञ्ज, जीतपुर, इटहरी र बर्दिबासमा असोज २ गतेदेखि ४ गतेसम्म सञ्चालन हुने भएको छ ।

यस्तै, बिर्तामोड, बुटवल, धनगढी, हेटौंडा, पोखरा र दाङमा असोज ६ गतेदेखि ७ गतेसम्म सञ्चालन हुनेछ ।

यो सुबिधा साना गाडी दोस्त, ट्रक टिप्पर साथै बसहरुमा उपलब्ध हुने कम्पनीले जनाएको छ । नेपालभरका सम्पूर्ण शाखाहरुबाट यो सुबिधा लिन सकिने छ ।

Leave a Reply

Your email address will not be published.