एमालेको समानुपातिक उमेदवारको सूची तयार

काठमाडौं । नेकपा (एमाले)ले समानुपातिकतर्फको बन्दसूचीको टुंगो लगाएको छ । आज बसेको सचिवालय बैठकले समानुपातिकतर्फको बन्दसूचीका लागि नामावली टुंग्याएको हो ।

प्रतिनिधिसभातर्फ ११० जना र प्रदेशसभाका लागि २२० जनाको नामको सूची तयार पारेको केन्द्रीय प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

उनका अनुसार बन्दसूचीको नामावली भोलि निर्वाचन आयोगमा बुझाइने छ । असोज १६ गतेसम्म अहिलेको सूचीमा हेरफेर हुनसक्ने उले बताए । प्रत्यक्षतर्फको उमेदवार टुंगो लगाउँदा नाममा हेरफेर गर्नसक्ने उनले बताए ।

पहिलो दिन दुई दलले मात्र बुझाए बन्दसूची

आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज दुई दलले मात्रै प्रतिनिधिसभातर्फको बन्दसूची बुझाएका छन् ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार हालसम्म नेपाल समावेशी पार्टी र तराई मधेस लोकतान्त्रिक पार्टीले प्रतिनिधिसभातर्फको बन्दसूची पेस गरेका छन् ।

त्यस्तै, प्रदेशसभाका लागि प्रदेश नम्बर १ किराँत खुम्बुवान साझा पार्टी, वाग्मतीमा तामाङशाली पार्टी र मधेस प्रदेशमा तराई मधेस लोकतान्त्रिक पार्टीले बन्दसूची पेस गरेको अर्यालले जानकारी दिए ।

मंसिर ४ मा हुने निर्वाचनका लागि आज र भोलि बन्दसूची बुझाउनुपर्ने आयोगले जनाएको छ । प्रमुख दलहरूले भने भोलिमात्रै बुझाउने तयारी गरेका छन् । दलहरू बन्दसूचीका लागि आन्तरिक छलफलमा छन् ।

 

Leave a Reply

Your email address will not be published.