लौरो चुनाव चिह्न खारेज गर्न माग गर्दै आयोगमा उजुरी !

काठमाडौं । दुई स्वतन्त्र उम्मेदवारले लौरो चुनाव चिह्न खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी दिएका छन् ।

हाम्रो नेपाली पार्टीले लौरो चुनाव चिह्न लिएर दल दर्ता गरेको छ । तर पछिल्लो समय स्वतन्त्र उम्मेदवाहरुको साझा चुनाव चिह्न भनेर प्रचार गरिएको भन्दै आयोगमा उजुरी परेको हो ।

काठमाडौं ९ मा उम्मेदवारी दिने घोषणा गरेका सुनिल रिजाल र ५ का विजय कँडेलले आयोगमा दिएको निवेदनमा भनिएको छ,

‘यदि पार्टी दर्ता गर्दा स्वतन्त्रहरुको साझा चुनाव चिह्न भनेर दर्ता गरेको छैन भने उक्त चुनाव चिह्न स्वतन्त्रहरुको साझा तथा वैकल्पिक चिह्न भनेर जनमानसमा भ्रम सिजर्नना गर्ने कार्य भइरहेको हुँदा उक्त चिह्न खारेजीको माग गर्दछु ।’

हाम्रो नेपाली पार्टीलाई नयाँ चुनाव चिह्न दिनुपर्ने उनीहरुको माग छ ।

एमालेले तयार पार्‍यो २२० जना समानुपातिक उम्मेदवारको सूची

नेकपा एमाले समानुपातिक उम्मेदवारहरूको टुंगो लगाएको छ । आज आइतबार बसेको सचिवालय बैठकले प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारहरूको सूची टुंगो लगाएको हो ।

नेकपा एमालेका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले निर्वाचनका लागि २२० जनाको नाम लिष्ट तयार गरेको जानकारी दिए । आगामी निर्वाचनका लागि प्रतिनिधि सभातर्फ ४० प्रतिशत हुने समानुपातिक उम्मेदवारको नाम पारित गरेको उनले जानकारी दिए । ११० जनाको नाम प्रस्ताव गरिएको र त्यसमा ५७ जना महिला हुने उनले जानकारी दिए ।

गुरुङका अनुसार प्रदेश नम्बर १ का लागि २० जना महिला नघट्ने गरेर ३७ जना, मधेश प्रदेशमा २३ जना महिला नघट्ने गरि ४३ जना, बागमती महिला २४ जना नघट्ने गरि ४४ जना, गण्डकीमा १३ महिला नघट्ने गरि २४ जना,

लुम्बिनीमा २० महिला नघट्ने गरि ३५ जना, कर्णालीमा ८ महिला नघट्ने गरि १६ जना, सुदूरपश्चिममा ११ महिला नघट्ने गरि २१ जनाको नाम तयार गरिएको उनले जानकारी दिए ।

सोमबार एमालेले बन्दी सूची आयोगमा बुझाउने उनले जानकारी दिए ।

 

 

Leave a Reply

Your email address will not be published.